भारतीय टेलिभिजनको चर्चित कलाकार भन्ने बित्तिकै अनुपमाु की रूपाली गांगुली, तारक मेहताका उल्टा चश्माु का दिलीप जोशीको नाम आउँछ। यी कलाकार हरेक एपिसोडको महँगो पारिश्रमिक लिन्छन्। तर धनीको मामिला भारतीय कमेडियन कपिल शर्मा अगाडि छन्।
उनी द ग्रेट इन्डियन कपिल शोु होस्ट गरेको हरेक एपिसोडको ५ करोड भारू पारिश्रमिक लिन्छन्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार कपिलसँग ३०० करोड भारूको सम्पत्ति छ।



उनीसँग मुम्बईको अंधेरीस्थित एक बंगला छ। जसको मूल्य १५ करोड बताइएको छ। जहाँ उनी आफ्नी आमा, श्रीमती गिन्नी चतरथ र दुई बच्चाहरूसँग बस्छन्। उनीसँग ५ वटा महँगा गाडी छ।
कपिल टिभीबाट मात्र नभई फिल्मबाट कमाइ गर्छन्। उनले किस किसको प्यार करूुं, फिरंगी ज्विगाटोु र क्रूु जस्ता फिल्ममा अभिनय गरेका छन्।




