LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए।

महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता केशव झाले सेतोपाटीलाई जानकारी दिए।

‘हामी दल दर्ताका लागि निर्वाचन आयोगमा छौं, राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको नयाँ पार्टी बनाउन लागिएको हो,’ उनले भने, ‘अहिले अध्यक्ष र १७३ जना केन्द्रीय सदस्य रहनुहुन्छ।’

उनकाअनुसार पार्टीले चुनाव चिह्न माछा प्रस्ताव गरेको छ।

गत फागुनमा महतोले लोसपा परित्याग गरेका थिए। त्यसबेलादेखि नै उनले अभियान सञ्चालन गरेका थिए।

यसअघि मधेसकेन्द्रित दलहरूमा सक्रिय रहेका महतो यो पार्टीलाई भने राष्ट्रिय दलको रूपमा आकार दिने गरी तयारी गरिरहेका छन्। महतो यसअघि सद्भावना पार्टी आनन्दीदेवी, राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए।

उनी पटक पटक मन्त्रीसमेत भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय