LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

डि यन के खनाल

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित ईलाकाप्रहरी कार्यालय अगाडि गुप्तामाथि युवाहरुको समुहले हातपात गरेको हो । हातपातपछि आफूलाई असुरक्षित महशुस गर्दै प्रहरी कार्यालयभित्रै एक घण्टादेखि बस्दै आएको उनले  जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीका ईन्चार्ज प्रहरी निरीक्षक दिपक मगरातीका अनुसार दुई समुहबीच उत्पन्न विवादका बीच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको जानकारी दिए । ईलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडिलाई रोकेर युवाहरुको समुहले हातपाको प्रयास गरेपछि प्रहरीले उद्धार गरी आफ्नो कार्यालयभित्र पुर्याएको उनले बताए । उनका अनुसार गेट अगाडि अहिले पनि डेढर२ सय जना युवाहरुको समुह रहेका छन् ।

पूर्व सांसद फकरउद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समुहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए । ‘प्रहरी कार्यालयको गेट अगाडिनै ममाथि हातपातको प्रयास भयो, मसँगै रहेका २ जना साथीहरु मध्ये एक जनालाई उनीहरुले बाहिर निकालेरै कुटपिट गरे ।’–घटनाको विवरण सुनाउँदै गुप्ताले भने, ‘सायद म पनि गाडिबाट बाहिर निस्किएको भए उनीहरुले ज्यान नै लिने थिएहोला । मुस्किलले ज्यान बचाएर अहिले प्रहरी कार्यालयभित्र बसिरहेको छु । बाहिर निस्कन सक्ने अवस्था छैन ।’

ईप्रका लुम्बिनीका प्रमुख मगरातीका अनुसार भैसहियामा युवाहरु बीच विवाद उत्पन्न भएको थियो उक्त विवादमा पूर्व सांसद फकरउद्दिनका भजित नेतृत्वको समूह र सांसद सिके गुप्ता समर्थक बीचको समूह आपसमा भिडेका थिए । ‘सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यो अवस्थासम्म आएको भन्ने हामीले बुझेका छौं ।’–उनले भने, थप बुझ्न र समस्या समाधानका लागि दुबै पक्षका व्यक्तिहरुलाई बोलाएर छलफल गर्ने तयारी भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय