LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

भैरहवा, १० कार्तिक । गृह मन्त्रालयले एकैपटक १७ जना प्रमुख जिल्ला अधिकारी ९सिडिओ०हरुको सरुवा गरेको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहसचिव तथा उपसचिवस्तरका कर्मचारीहरुको हेरफेर गरेको हो ।

त्यस्तै विभिन्न जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरुमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । गृहमा रहेका बासुदेव घिमिरे रुपन्देहीको प्रमुख जिल्ला अधिकारी भएका छन् ।

त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । उनले प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी पाएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरका प्रमुख पनि फेरिएका छन् ।

ललितपुरमा रमेश ढकाल आएका छन् भने ललितपुरका सिडिओ रहेका तुलसीबहादुर श्रेष्ठको गृहमा सरूवा भएको छ ।

त्यस्तै भक्तपुरमा रहेक रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भएका छन् । उनी यसअघि डोटीमा थिए ।

त्यसै गरी लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं उपसचिव रामचन्द्र अर्याललाई ईलाका प्रशासन कार्यालय बुटवल, रुपन्देहीमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय