LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुुर्व गृहमन्त्री बालकृष्ण खाणले बलियो कांग्रेसबाट मात्रै मुुलुकमा बिकास र सम्बृद्धी सम्भव भएको धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेस सिद्धार्थनर समीतीले शनिवार भैरहवामा आयोजना गरेको कृयाशील भेला, सम्मान समारोह तथा दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै नेता खाणले काग्रेसलाई बलियो बनाउने दायित्व पनि काङ्ग्रेसकै रहेको उल्लेख गर्नुभयो ।

‘बलियो काङ्ग्रेसलेमात्रै बिकास समृद्धि ल्याउछ, मुलुकमा स्थापित ब्यबस्थालाइ बलियो र सफल बनाउन पनि कांग्रेस बलियो हुनुपर्छ, खाँणले भन्नुभयो –‘राजनितिक स्थायित्वको लागी पनि काङ्ग्रेस बलियो हुनुपर्र्छ ।’

कार्यक्रममा सविंधान सभा सदस्य एवं सिद्धार्थनगर नरगरपालीकाका मेयर ईस्तियाक अहमद खाँले खाँण बिकासप्रेमी नेता भएको र उहाँको पराजयले ठूलो नोक्सानी भएको उल्लेख गर्दै सबै जातजाती, धर्म, समुदायको भावना बुझ्ने नेता खाण रहेको बताउनुभयो ।

उहाँले नागरीकको चाहाना बमोजिम नगरको बिकास भैरहेको चर्चा गर्दै केही समयमै महत्वपुर्ण कामको परिणाम देखिने बताउनुभयो ।
कार्यक्रममा नगर समितिका संस्थापक तथा पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो । संस्थापक सभापति बलराम गौतम, सचिव दिर्घराज काफ्ले, पुर्व नगर सभापती दिपक क्षेत्री न्यौपाने, सुरेन्द्रजंग थापा, दिलिप धिताल, परिवर्तनका आन्दोलनमा अग्रपंितमा रहेका दिपेन्द्रमान श्रेष्ठ र कलमको माध्यमबाट परिवर्तनलाई अगाडी बढाएको भन्दै अग्रज पत्रकार दिलिप भट्टराई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय