LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

११ ,कात्तिक, बुटवल ।

भारतबाट अवैधरुपमा ठूलो मात्रामा बोइलर कुखुरा भित्रिएर नेपाली बजारमा बिक्री हुँदा आफूहरु मारमा परेको रुपन्देहीका कुखुरापालक किसानहरुले गुनासो गरेका छन् । सुरक्षा निकायले सीमामा चेकजाँचमा कडाइ नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित भई छुट दिँदा अवैध आयात झनै मौलाएको किसानहरुको भनाइ छ ।

कुखुरापालक किसान संघ रुपन्देहीका अध्यक्ष ऋषिराम काफ्लेका अनुसार भारतसँग सीमा जोडिएका नवलपरासी, रुपन्देही र कपिलवस्तुका दक्षिणी क्षेत्रका विभिन्न नाकाहरुबाट रुपन्देहीमा मात्रै दैनिक ३० क्विन्टल बढी जिउँदो कुखुरा रुपन्देहीमा भित्रिने गरेको छ । तस्करीमा संलग्न व्यवसायीले जिप र मोटरसाइकलबाट जिउँदो कखुरा वाहेक तयारी मासु समेत भारतीय सीमा बजारबाट रुपन्देहीमा भित्राउने गरेका छन् ।

सुरक्षा निकायले कुखुराको अवैध आयात पूर्णरुपमा रोक्न नसक्दा पेशा नै संकटमा परेपछि कुखुरापालक किसान संघ आफैंले स्वयंसेवक टोली गठन गरी अनुगमन शुरु गरेको छ ।

बुटवलबाट शुरु भएको अनुगमन टोली १६ वटै पालिकामा गठन गरी सुरक्षा निकायसँग मिलेर भारतबाट हुने तस्करी रोक्ने योजना रहेको संघका अध्यक्ष ऋषिराम काफ्लेले बताए ।

किसानहरु कुखुरा फार्ममा काम थाती राखेर भारतीय कुखुरा कुन ठाउँमा आउँदैछ भन्ने पत्ता लगाउन दिनरात नभनी खट्नुपर्ने वाध्यता रहेको काफ्लेले बताए ।

सुरक्षा निकायबाट अवैध कुखुरा आयात पूर्णरुपमा नरोकिएपछि लगानी जोखिममा र पेशा नै संकटमा परेपछि किसान आफैंले तस्करीबाट आएका कुखुरा पत्ता लगाई प्रहरीलाई जिम्मा लगाउन स्वयंसेवक टोली गठन गरेर चेकजाँच गर्न थालेका छौं’ अध्यक्ष काफ्लेले भने, ‘स्वयंसेवक टोलीका सदस्यहरु रातिमा नसुतेर, दिनमा आफ्नो काम थाती राखेर अनुगमनमा हिंड्नुपरेको छ, सुरक्षा निकायले यो काम प्रभावकारीरुपमा गरेको भए किसानलाई यति धेरै सास्ती र दुःख हुने थिएन ।’

अहिलेसम्म बुटवल, सैनामैना र देवदहमा तीनवटा बोलेरो जिपमा करिब ९ क्विन्टल जिउँदो कुखुरा, रुपन्देहीकै मानमटेरियामा दुईवटा मोटरसाइकलमा २ क्विन्टल कुखुरा, फर्साटिकरमा दुई मोटरसाइकलमा साढे दुई क्विन्टल जिउँदो कुखुरा बरामद गरी प्रहरीलाई बुझाएको काफ्लेले जानकारी गराए ।

रुपन्देहीमा साढे तीन सय कुखुरापालक किसान रहेका छन् । उनीहरुले वार्षिक औसत प्रति फार्म दश हजार कुखुरा उत्पादन गर्छन् । यो हिसाबले रुपन्देहीमा वार्षिक एक करोड ५० लाख केजी बराबरको कुखुरा उत्पादन हुने गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय