LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा सरकारले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्री गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद कार्य शुरु नगर्दा व्यापारीहरुले सस्तो मूल्यमा धान खरिद गरिरहेकोले बाध्य भएर बिक्री गर्नुपरेको जनाएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुुरु नगरेकोले स्थानीय किसानले सरकारले तोकेको मूल्यभन्दा सस्तोमा व्यापारीलाई धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बाँके नौबस्ताका किसान शङ्करसिंह थारुले बताउनुभयो । उहाँले सरकारले यस वर्ष मोटो धानको मूल्य प्रति क्विन्टल तीन हजार ४१० रुपियाँ तोकेकोमा व्यापारीले तीन हजारभन्दा बढीमा खरिद नगर्दा ४०० रुपियाँ नोक्सानी सहनुपरेको बताउनुभयो ।

चाडपर्वको समयमा पैसाको आवश्यकता परेकोेले धान बिक्री गर्नुपरेको जनाउँदै किसान थारुले सरकारले मूल्य तोक्नुका साथै शुरुबाटै धान खरिद पनि सुरु गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले सरकारले तोकेको मूल्यमा नै धान खरिद गर्नका लागि व्यापारीहरुको मिलमा सम्बन्धित निकायले नियमित अनुगमन गर्नु आवश्यक रहेको बताउनुभयो । अहिले बाँकेका विभिन्न स्थानमा सरकारले तोकेको भन्दा प्रति क्विन्टल ४०० रुपियाँ कममा व्यापारीले धान खरिद गरिरहेका छन् ।

नेपालगन्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रति क्विन्टल तीन हजारभन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेको बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिएपनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकोले धान खरिद सुरु नभएको बताउनुभयो ।

धानखेती भएको क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको छ । यस वर्ष बाँकेमा गत वर्षभन्दा १५ प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय