LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) को सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । सेजभित्र रहेको उद्योगमा करिब १५ लाख बराबरको सामग्री चोरी भएको घटनाले यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको हो । सेजभित्र रहेको जयबुद्ध मेटल क्राफ्ट उद्योगको ट्रान्सफर्मर र उद्योगमा रहेका तयारी सामग्री तथा कच्चा पदार्थ चोरी भएको हो ।

उद्योगका सञ्चालक राजेन्द्र गुप्ताका अनुसार पोलबाट तल झारेर उद्योगमा रहेको ट्रान्सफर्मको क्वाइल तथा उद्योगमा तयार भएका तामा, पित्तल लगायतका धातुका भाडा र कच्चा पदार्थ चोरी भएको हो ।

आर्थिक अभावले विगत २ वर्षदेखि उद्योग बन्द रहेको थियो । पुनः सञ्चालनको सोच बनाएका उहाँले यही कार्तिक ८ गते उद्योगमा पुग्दा चोरी भएको पत्तो पाउनुभएको हो ।

उद्योगबाट करिब १५ लाख मुल्य बराबरका सामग्री चोरी भएको उहाँको दाबी छ । सेजको सुरक्षाका लागि शसस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना गेटमै तैनाथ रहेका छन् । निरीक्षक पुरुषोत्तम रेग्मीले सेजको मुख्य गेटमा आफूहरु तैनाथ रहे पनि सम्पूर्ण सुरक्षा जिम्मेवारी आफूहरुलाई नभएको प्रतिक्रिया दिनुभयो । सेज सुरक्षाका लागि चारैतर्फबाट अग्लो वाल उठाएर घेरिएको छ ।

चारैतर्फबाट पर्खाल उठाइएको भएपनि ४ ठाउँमा फोहोर निकासका लागि नाली बनाउने भनि होल रहेको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय