LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) को सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । सेजभित्र रहेको उद्योगमा करिब १५ लाख बराबरको सामग्री चोरी भएको घटनाले यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको हो । सेजभित्र रहेको जयबुद्ध मेटल क्राफ्ट उद्योगको ट्रान्सफर्मर र उद्योगमा रहेका तयारी सामग्री तथा कच्चा पदार्थ चोरी भएको हो ।

उद्योगका सञ्चालक राजेन्द्र गुप्ताका अनुसार पोलबाट तल झारेर उद्योगमा रहेको ट्रान्सफर्मको क्वाइल तथा उद्योगमा तयार भएका तामा, पित्तल लगायतका धातुका भाडा र कच्चा पदार्थ चोरी भएको हो ।

आर्थिक अभावले विगत २ वर्षदेखि उद्योग बन्द रहेको थियो । पुनः सञ्चालनको सोच बनाएका उहाँले यही कार्तिक ८ गते उद्योगमा पुग्दा चोरी भएको पत्तो पाउनुभएको हो ।

उद्योगबाट करिब १५ लाख मुल्य बराबरका सामग्री चोरी भएको उहाँको दाबी छ । सेजको सुरक्षाका लागि शसस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना गेटमै तैनाथ रहेका छन् । निरीक्षक पुरुषोत्तम रेग्मीले सेजको मुख्य गेटमा आफूहरु तैनाथ रहे पनि सम्पूर्ण सुरक्षा जिम्मेवारी आफूहरुलाई नभएको प्रतिक्रिया दिनुभयो । सेज सुरक्षाका लागि चारैतर्फबाट अग्लो वाल उठाएर घेरिएको छ ।

चारैतर्फबाट पर्खाल उठाइएको भएपनि ४ ठाउँमा फोहोर निकासका लागि नाली बनाउने भनि होल रहेको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय