LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

१२ कार्तिक, गुल्मी
गुल्मीको पर्यटकिय गन्तब्य क्षेत्र सत्यवती क्षेत्रमा ग्रामिण पर्यटन पर्बर्ढन गर्ने उद्धेश्यका साथ संचालन गरिएको १० दिने काष्ठ, मुर्तिकला तथा चित्रकला कार्यशाला सम्पन्न भएको छ। देशभरका २३ कलाकारहरुले सहभागिता जनाएको उक्त कार्यशाला आदीवासी ज्ञान र संस्कृति बिषयमा कलाकारहरुले ढलापडा गुराँसका मुढाहरुमा मुर्ति तथा चित्र तयार गरेका थिए।

कार्यशालाको समापन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य यमु गैरेले कार्यशाला केवल कलाकारको प्रतिभा निर्खाने अवसर मात्र नभई सत्यवती क्षेत्रको स्थानीय कला, संस्कृति र परम्परालाई संरक्षण गर्दै पर्यटनको माध्यमबाट सम्वृद्धि ल्याउने ठूलो अभियान भएको बिचार ब्यक्त गर्नु भएको छ। लुम्बिनी प्रदेश सभा सामाजिक बिकास समितिका सभापति समेत हनु भएका सभासद गैरेले नेपालको ग्रामिण भेगहरुमा कला, संस्कृति र परम्परागत शिल्पको प्राचिन धरोहर रहेको छ । काष्ठ, मुर्तिक र चित्रकला तिनै धरोहरका अनमोल पक्ष भएको रुपमा नेपाल सरकारले समेत सय गन्तब्य क्षेत्रमा सुचिकृत समेत बिचार व्यक्त गर्नु भयो। सत्यवती जस्तो गुल्मीको मुख्य पर्यटकिय क्षेत्र तथा नेपालको सय पयृटकिय गन्तव्य क्षेत्रमा सूचिकृत भइसकेको तपोभूमिको रुपमा बिकास गर्न सकिने सत्यवतीमा संचालन गञिएको कार्यशालाले परम्परागत, कलाको संरक्षण मात्र नगर्ने उल्लेख गर्दै गुल्मी क्षेत्र नं। १ ९ख० का सभासद गैरेले भावि पुस्तालाई प्राकृतिक सम्पदा र कला संस्कृति हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने र यसले हाम्रो राष्ट्रिय पहिचानलाई समेत बलियो बनाउने बिश्वास ब्यक्त गर्नु भयो।

सांसद गैरेले सिर्जनात्मक कलामा आधारित ग्रामिण पर्यटनले हाम्रो समाजको आर्थिक अवस्था उकास्न महत्वपूर्ण भूमिका खेल्न सक्ने र ग्रामिण क्षेत्रमा आएका पर्यटकहरुले केवल प्रकृक्तिको सुन्दरता मात्र होइन, हाम्रो मौलिक संस्कृति र कलामा आधारित अनुभवहरु बटुल्न चाहाना हुने भएकोले काष्ठकला र मुर्तिकला जस्ता कलाका माध्यम द्वारा सत्यवती गाउँपालिकालाई कला, पर्यटनको गन्तव्य बनाउन सकिने बिचार यस्तै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले पालिका भित्र रहेका पर्यटकिय क्षेत्रहरुको पर्बर्द्धनका लागि सत्यवती गाउँपालिकाले गरेको सफल प्रयासहरुलाई आफुले पनि आफ्नो पालिकामा उदाहरणको रुपमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाउनु भयो। स्थानीय कला र संस्कृतिको धनि कालीगण्डकीलाई पनि पालिको उपलब्ध श्रोत साधनहरुको अधिक्तम उपयोग गरेर अगाडी बढ्न सकिने बलियो सम्भावनलाई मुर्त रुप दिन कलाकारहरुसंगको नियमित अन्तरंगमा रहने समेत अध्यक्ष थापाले बताउनु भयो।

कार्यक्रममा सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल भूसालले सिंगो देशले नै गुल्मीको सत्यवती क्षेत्रको महिमा बुझ्न नसक्दा सत्यवती क्षेत्र सदैव ओझेलमा पर्दै आइरहको बताउनु भयो। सत्यवती बहु कला र संस्कृति अनि प्राकृतिक श्रोत साधनहरुले भरिपुर्ण स्थानीय तह भएकोले जनप्रतिनीधि, कर्मचारी, स्थानीय संघ संस्था र स्थानीय सरोकारहरुसंगको सहकार्यलाई निरन्तरता दिन सकेमात्र सत्यवतीेको पर्यटकिय क्षेत्रहरुको समुचित बिकास हुने प्रमुख प्रशासकिय अधिकृत भूसालले बताउनु भयो।
कार्यक्रममा कलाकारहरुको तर्फबाट कार्यशालाबारे बिचा ब्यक्त गर्दै त्रिभूवन बिश्व विद्यालय ललितकला क्याम्पसको उप प्राध्यापक तथा मुर्तिकला बिभागका बिभागिय प्रमुख नरेन्द्र भण्डारीले बिभिन्न समयममा भएका बिभिन्न संघर्ष, क्रान्ती र आन्दोलनहबिभागियरुबाट प्राप्त उपलब्धीलाई सृजनात्मक ढंगबाट उपयोग गर्न सके देशको समृद्धिको दुरी धेरै टाढा नरहेको बताउनु भयो । नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानका प्राज्ञ सदस्य समेत रहनु भएका बरिष्ठ मुर्तिकार भण्डारीले देशलाई कसरी सुन्दर बनाउने भन्नेबारेमा कलाकारहरुको अध्ययन तथा अध्यापन हुने भएकोले सत्यवतीलाई संसारकै आकर्षक र पर्यटकिय गन्तब्यको रपमा सदैव स्थापित गराउन कलाकाहरुसंगको नियमित साक्षत्कार सहकार्य गर्न समेत स्थानीय तहका जनप्रतिनीधि र कर्मचारीहरु समक्ष आग्रह गर्नु भयो।

कार्यक्रमको अध्यक्षता गर्दै सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेयले सत्यवतीलाई सत्यवती बजैको शक्तीको महिमासंगै सत्यवतीमा भएको श्रोत तथा साधनहरुको अधिक्तम उपयोग गर्ने नीतिलाई कार्यान्वयन गर्नमा आफु र अन्य जनप्रतिनीधिहरुको समेत बिशेष चासो रहने उल्लेख गर्नु भयो । पालिका र प्रदेश तथा संघको समेत सहकार्यमा सत्यवती क्षेत्रमा नियमित लगानी भइरहेको भन्दै अध्यक्ष पाण्डेले सत्यवतीको ग्रामिण पर्यटन पर्वर्द्धनका लागि पालिकाले आफ्नो बार्षिक योजना बमोजिम कार्यशाला संचालन गरिएको उल्लेख गदै कार्यशालाले युवाहरुलाई स्वदेशमै सिर्जनात्मक र सिपमूलक कार्यहरुमा लाग्न प्रोत्साहित गर्ने बताउनु भयो। अध्यक्ष पाण्डेले कार्यशालाबाट तयार भएका मुर्ति तथा चित्रहरुको संरक्षण र यसबाट सत्यवती क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटनलाई थप प्रोत्साहित गर्न बिभिन्न सेडहरुको निर्माण गरि आकर्षणको केन्द्र बनाउन पालिकाले आगामी बर्षहरुमा थप योजना बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय