LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक १२,

काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित एक सय चार बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए ।

नेपालले अव भोलि स्कटल्यान्डसँग खेल्नेछ । लिग–२ मा ९ खेलमा ३ अङ्कसहित नेपाल तालिकाको सातौं स्थानमा छ । अमेरिका दोस्रो र क्यानडा शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय