LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना ८ मा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थ मेमोरियल एकेडेमीको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको काम कारबाही बारे विभिन्न जानकारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा निर्वाण कानूनी समाजका सदस्यहरुले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा संसद भनेको के हो ? नमुना संसदको महत्व, विधेयक, बजेट, शुन्य समय, विशेष समय लगायतका संसदमा प्रयोग हुने विभिन्न शब्दावली एवं काम कारबाहीलाई कार्यक्रममा प्रस्तुत गरिएको कानूनी समाजका कोषाध्यक्ष विष्णु ढकालले जानकारी दिनुभयो ।

नमुना संसद् कार्यक्रममा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए ।

संसद अभ्यासमा सभामुखले बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य समयमा सांसदहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथिति लगायतका मुद्दालाई सभामुख मार्फत् सरकारलाई ध्यानाकर्षण गराएका थिए । विद्यालयमा अध्ययनरत कक्षा १० का करिब ८० जना विध्यार्थीहरुको सहभागीतामा सम्पन्न नमुना संसद कार्यक्रम कार्तिक ११ र १२ गते गरि विद्यालयको सभा हलमा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष, सिद्धार्थ मेमोरियल एकेडेमीका प्राचार्य भोजराज पौडेल लगायतले विद्यार्थीहरुलाई संसदीय ज्ञान दिने उद्देश्यले आयोजित नमूना अभ्यास कार्यक्रमले विद्यार्थीमा राजनैतिक चेतना फैलाउ मद्दत पुग्ने बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय