LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कपिलवस्तुमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १० वर्ष पछि पक्राउ परेका छन् । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा न.१० महुवापुरबाट फरार रहेका राम प्रसाद कोरीलाई शनिबार पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका प्रमुख तथा प्रहरी निरीक्षक विर बहादुर सुनारको कमाण्डमा खटिएको प्रहरी टोलीले २० वर्ष कैद सजाय तोकीएका कोरीलाई नियन्त्रणमा लिईएको हो ।

प्रतिवादी कोरीले वि.स २०६९ साल चैत्र १० गते कपिलवस्तुको साविक महुवा गा.वि.स वडा न.४ बस्ने वर्ष २५की मान्ती कोरीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए । हत्या गरि फरा रहेका कोरीलाई विशेष योजनाका साथ प्रहरी निरीक्षक सुनारले पक्राउ गरि कारागार पठाएको उल्लेख छ ।

प्रहरी निरीक्षक सुनार ईलाका प्रहरी कार्यालय गोरुसिंगको कार्यालय प्रमुखमा आए संगै आपराधिक गतिविधीलाई नियन्त्रणमा लिई कानुनी कठघारामा उभ्याउन तल्लिन भएको देखिन्छन् । समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गरि सुभ्य समाज निर्माणमा गोरुसिंगे प्रहरी लागेको देख्न सकिन्छ । असल काम गर्दै अघि बढेकाले प्रहरी निरीक्षक सुनार जिल्लाका एसपीको नजरमा स्यावासको पात्र बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय