LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक १३,
काठमाण्डौ – यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएशन नेपाल ९फ्यान० का अनुसार यस वर्ष गएको वर्षभन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गएको वर्ष एक लाख ५० हजार मखमली माला निर्यात भएको थियो ।

एसोसिएशनका प्रतिनिधि दिलीप बादेका अनुसार नेपालबाट निर्यात हुने मखमलीको माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया, युरोपका केही देश र केही खाडी देशमा जाने गरेको छ । यस वर्ष पोहोरको भन्दा माग धेरै छ । नेपालीहरु बसोबास गर्ने देशमा तिहारका बेला मखमलीको माग हुन्छ ।

पछिल्लो समय काठमाण्डौ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भएको छ ।

यसपालिको तिहारमा सयपत्री केही अभाव हुनसक्ने अनुमान व्यवसायीको छ । सयपत्री फूल भारतबाट आयात गरिएको छैन । सरकारले प्रतिबन्ध लगाएको हुनाले नेपाल–भारत सिमानासँगै क्वारेन्टाइन चेकपोस्टमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालिएको छ ।

तिहारमा सयपत्री, गोदावरी र मखमली गरी झन्डै ४५ लाखको सङ्ख्यामा फूलको माला आवश्यक पर्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय