LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक १३,
काठमाण्डौ – काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का एक सांसदसहित १७ जना पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज काठमाण्डौमा र्‍यालीसहित प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारतर्फ गइरहेको रास्वपाको र्‍यालीलाई नेपाल प्रहरीले नेपाल हाउसअघि तितरबितर पारेको हो ।

प्रदर्शनका क्रममा बालुवाटारबाटै पार्टीका सांसद अशोककुमार चौधरी, काठमाण्डौ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य निकालेर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा प्रहरीले दमन गरेको भन्दै सरकारको भर्त्सना गर्नुभएको छ । प्रदर्शनपछि सभामा सुमना श्रेष्ठ, सन्तोष परियार, डीपी अर्याल, स्वर्णिम वाग्लेलगायतले सम्बोधन गर्ने तालिका रहेको थियो ।

पक्राउ परेका लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय