LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

राष्ट्रिय लोकभजन चुडका संरक्षण प्रतिष्ठान नेपालले रुपन्देहीले जिल्ला स्तरीय अन्तरविद्यालय लोक भजन प्रतियोगिता गर्ने भएको छ ।
नेपाली पुर्खाले अनुसरण गर्दै आएको धर्म संस्कृति, रीतिरिवाजसंगै लोकसंस्कृति, भजन समेत हराउँदै जान थालेको अवस्थामा साना साना विद्यार्थीहरुबाट संरक्षणमा ध्यान पुगोस भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता आयोजना गर्नुको उद्देश्यका बिषयमा बताउँदै राष्ट्रिय लोकभजन चुडका संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष नारायण लेकालीले नेपाली कला संस्कृतिको साथै नेपाली संस्कार, नेपालीपन समाजमा दिनुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

उहाँले अहिलेको बुढ्यौली अवस्थाको पुस्ताले मात्रै भजन गाउने र संरक्षण गर्ने गर्दै आएकोमा अव हाम्रो पुस्तापछि भजन संस्कृति नै लोप हुने भएकोले नयाँ पुस्तालाई यसको संरक्षणमा लगाउन प्रतियोगिता आयोजना गर्नुपरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले लोकभजन भनेको ब्राम्हण जातिको मात्रै हो भन्ने समाजमा परेको बताउँदै यसको संरक्षणमा सवै जातजाती, धर्म संस्कृति सवैलाई समेटनु पर्ने बताउनुभयो । उहाँले प्रतियोगितामा ब्राम्हण जातिको मात्रै नभै सवै जातजातिका विद्यार्थीलाई समेत समेटन सकियो भने यसको महत्व अझै बढेर जाने विचार ब्यक्त गर्नुभयो ।

राष्ट्रिय लोकभजन चुडका संरक्षण प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष दामोदर रेग्मीले हाम्रा संस्कृति र संस्कारका रुपमा रहेका भजनहरुलाई र लोकसंस्कृतिहरुलाई पुस्तान्तरण गर्नु अति आवश्यक रहेको बताउनुभयो ।

उहाँले अहिलेको हाम्रो पुस्ताले लोकभजन गाउने बजाउने गरेर संस्कृति संरक्षण गरेपनि हामी पछिको पुस्ताले यसको संरक्षण गरेन भने यो लोप भएर जाने भएकोले संस्कृति संरक्षणका लागि पनि पुस्तान्तरण गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।

उहाँले हाम्रा बालबालिकाहरुमा हाम्रो कला संस्कृति,लोकभजनलाई पुस्तान्तरण गर्ने अभियान आफूहरुले सुरु गरेको बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडका, शैलपुत्री दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कँडेल, पर्रोहा माध्यमिक विद्यालयका प्रधानाध्यापक बलबहादुर केसी लगायतले बोल्दै अन्तर विद्यालय स्तरीय भजन प्रतियोगिता आयोजना हुनु आफैमा लोकसंस्कृति संरक्षण गर्ने महत्वपूर्ण माध्यम रहेको बताउँदै यसबाट बालबालिकाहरुमा संस्कृति र संस्कार सिक्न अनुसरण गर्न योगदान पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

राष्ट्रिय लोकभजन चुडका संरक्षण प्रतिष्ठानका सैनामैना संयोजक विष्णु घिमिरेको संचालन र प्रतिष्ठानका रुपन्देही अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो । प्रतियोगिता आगामी मंसिर १५ गते दुर्गा पञ्चायन मन्दीर मुर्गियामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय