LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

न्यूबुद्ध स्टार युवा क्लवको आयोजना र साझा हस्पिटल बुटवलको सहकार्यमा सैनामैना नगरपालिका वडा नं. ५ को बुद्धनगरमा एकदिने स्वास्थ्य शिविर संचालन भएको छ । न्यूबुद्ध स्टार युवा क्लवको भवनमा आयोजित स्वास्थ्य शिविरको दिन स्वास्थ्य शिविरको सहकार्य गर्ने साझा हस्पिटल प्रालिका अध्यक्ष गोविन्द खनालको जन्मदिनको संयोग समेत परेको हो ।

आफ्नो जन्म दिनको संयोग र स्वास्थ्य शिविर आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै साझा हस्पिटल प्रालिका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनालले सामाजिक सेवा, मानव अधिकार तथा मानवताको सेवाको क्षेत्रमा केही योगदान गर्ने इच्छाले प्रेरित भएर यस प्रकारको स्वास्थ्य शिबिर लगायतका कार्यक्रम विगतदेखि नै गर्दै आएको बताउनुभयो ।

उहाँले यस प्रकारका कार्यक्रमले समाजलाई पनि प्रेरणा मिल्ने बताउँदै भावी पुस्ताले पनि यस्ता पुनित कार्यक्रमबाट प्रेरणा लिन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

न्यूबुद्ध स्टार युवा क्लवका अध्यक्ष दिपक चौधरीको अध्यक्षतामा भएको स्वास्थ्य शिविरको शुभारम्भका अवसरमा सैनामैना नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धनप्रसाद पौडेल, बुद्धनगर खानेपानीका अध्यक्ष रामप्रसाद भुसाल, भीम सुवेदी, राजु घिमिरेले शिविर आयोजनाले यस क्षेत्रका स्थानीयले सेवा लिन पाएको बताउनुभएको थियो ।
कार्यक्रमको संयोजन नारायण खरेलले गर्नुभएको थियो भने संचालन केशब बिश्वकर्माले गर्नुभएको थियो । त्यस अवसरमा तीनसय जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय