LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस सभा  सम्पन्न भएको छ ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर प्रत्यायन भएको तथा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसको क्याम्पस सभाको उदघाटन तथा सभाहलको शिलान्यास समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सैनामैना क्षेत्रकै जनताको योगदानले स्थापना भएको सहिद नारायण पोखरेल रामापुर क्याम्पसलाई आगामी दिनमा अझै राम्रोसंग कसरी संचालन गर्ने भन्ने चुनौति रहेको बताउनुभयो ।

उहाँले क्याम्पसको भौतिक पूर्वाधारको विकास क्रमिकरुपमा हुँदै जाने कुरामा आफू आशाबादी रहेको बताउँदै तर क्याम्पसमा पढ्ने विद्यार्थीहरुको सहभागिता कसरी गराउने भन्ने कुरा आजको प्रमुख बिषय हो भन्नुभयो ।

त्यसैगरी कार्यक्रममा क्याम्पसको प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख हेमबहादुर थापाले विक्रम सम्बत २०६० सालमा रामापुर माविको कक्षा कोठामा रामापुर बहुमुखी क्याम्पसको नाममा ५ जना प्राध्यापक छनौट गरी विधिवत रुपमा क्याम्पस शुभारम्भ भएको बताउनुभयो ।

उहाँले क्याम्पसको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले २०६२ सालमा श्रीमदभागवत धनधान्याञ्चल महायज्ञ संचालन भएको बताउँदै महायज्ञमा प्रमुखबाचकको रुपमा पण्डित नारायण पोखरेल रहनुभएकोमा उहाँको २०६२ साल बैशाख २३ गते गोली प्रहारबाट हत्या भयो र केही समय क्याम्पस बनाउने सपना केही समय अधुरै रहेको स्मरण गर्नुभयो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थको अध्यक्षतामा भएको समारोहमा क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष बालकृष्ण गैरे, पूर्व अध्यक्ष डिल्लीराज ज्ञवाली, क्याम्पसका सल्लाहकार नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, नेकपा एमाले सैनामैनाका अध्यक्ष चेतनारायण आचार्य, सल्लाहकार मिनप्रसाद घिमिरे लगायतले क्याम्पसको वर्तमान अवस्था र चुनौतिका बिषयमा बोल्नुभएको थियो ।

कार्यक्रमको संचालन क्याम्पसका उपप्राध्यापक प्रकाशमणि खनालले गर्नुभएको थियो भने स्वागत क्याम्पसका उपाध्यक्ष कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो । उक्त अवसरमा क्याम्पस प्रमुख हेमबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदन क्याम्पस सभाले छलफलसहित पारित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय