LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

१४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र बझाङमा जुवातास खेलिरहेका २६ जनालाई पक्राउ गर्दै दुई लाख रुपैयाँ बढी नगद बरामद समेत गरिएको छ ।

गएराति साढे १ बजेतिर कैलालीको गोदावरी नगरपालिका–८ को हरीनगर बस्ने प्रदीप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा उनीसहितका ९ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरुलाई ६१ हजार २३० रुपैयाँ नगदसहित पक्राउ गरेको हो । जुवाखालबाट दुई गड्डी तास र बाप्र०२–०४१ प १८५४ नम्बरको स्कुटी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

गएराति नै कञ्चनपुरको भिमदत्त नगरपालिका–५ वनगाँउका ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरुलाई नगद ८२ हजार ३२२ रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।

यस्तै, बझाङमा पनि थप पाँच जना जुवाडे पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ९ सिमखेत बस्ने ६५ वर्षीय बजुर खड्काको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा खड्कासहितका पाँच जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई ६६ हजार १३० नगद र दुई गड्डी ताससहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय