LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

१४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र बझाङमा जुवातास खेलिरहेका २६ जनालाई पक्राउ गर्दै दुई लाख रुपैयाँ बढी नगद बरामद समेत गरिएको छ ।

गएराति साढे १ बजेतिर कैलालीको गोदावरी नगरपालिका–८ को हरीनगर बस्ने प्रदीप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा उनीसहितका ९ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरुलाई ६१ हजार २३० रुपैयाँ नगदसहित पक्राउ गरेको हो । जुवाखालबाट दुई गड्डी तास र बाप्र०२–०४१ प १८५४ नम्बरको स्कुटी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

गएराति नै कञ्चनपुरको भिमदत्त नगरपालिका–५ वनगाँउका ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरुलाई नगद ८२ हजार ३२२ रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।

यस्तै, बझाङमा पनि थप पाँच जना जुवाडे पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ९ सिमखेत बस्ने ६५ वर्षीय बजुर खड्काको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा खड्कासहितका पाँच जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई ६६ हजार १३० नगद र दुई गड्डी ताससहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय