सामाजिक कार्यमा बर्षौदेखि योगदान गर्दै आएको सैनामैना सेवा समाज युएइले बुधबार सैनामैना नगरपालिका वडा नं. ११ को ताली बरौलीका असक्त लौटन थारुलाई ह्विलचेयर वितरण गरेको छ ।
बुधबार संस्थाका प्रतिनिधिहरूको रोहबरमा उनकै निवासमा पुगि हिवलचियर वितरण गरिएको हो ।
संस्थाका उपाध्यक्ष महेश्वर घिमिरेको नेतृत्वमा महिला सचिब सुस्मा सुनार, सहकोषाध्यक्ष रमेश खड्का, सैनामैना ९ का पूर्ब वडाअध्यक्ष एबं सामाजिक अभियन्ता डोलराज भण्डारी, साझा टेलिभिजन एचडीका प्रबन्ध निर्देशक भुवन जिसि, धर्मराज घिमिरे, कमल रायमाझी लगायतको उपस्थितिमा उनलाई हिवल चियर वितरण गरिएको हो ।
संस्थाका उपाध्यक्ष महेश्वर घिमिरेले समृद्ध सैनामैना हाम्रो अभियान भन्ने नाराका साथ सैनामैना सेवा समाज युएईमा बृहत् संजालको रूपमा स्थापित संस्था भएको बताउदै समाजले आगामी दिनमा समेत सामाजिक कार्यहरू गर्दै अघि बढ्ने बताउनुभयो । उहाले सैनामैना सेवा समाजमा आवद्ध सदस्यहरूको सकृयतामा यस्ता सामाजिक काम गरिदै आएको बताउदै सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष बिष्णु पन्थीले परदेशमा रहँदा सबै सक्षम बन्दै, सामाजिक काममा समेत योगदान गर्न सकियोस् भनेर सामाजिक एकता र भातृत्व कायम गर्दै समाजले काम गरेको जानकारी दिनुभयो ।
सैनामैना सेवा समाज युएइका महिला सचिव सुश्मा सुनारले परदेशमा बसेर भएपनि सैनामैनामा रहेका गरिव तथा विपन्नहरुलाई आफूले सक्दो सहयोग गर्दै आएको र भोलीका दिनमा सहयोगको क्रम जारी रहने बताउनुभयो । उहाँले सैनामैनाका अपांगता भएकाहरुलाई हिवलचियर बितरण गरेको बताउँदै आगामी दिनमा सैनामैनामा रहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोष स्थापना गर्ने समेत बताउनुभयो ।



यसैगरी समाजको हालै सम्पन्न बैठकबाट नगरको साबिक दुधराक्ष, पर्राेहा र सालझन्डी गरि ३ साबिक गाबिस भित्रबाट ३ वटा बिधालयमा १÷१ लाखका दरले अक्षयकोष स्थापना गर्ने निर्णय भएको बताउनुभयो ।
अक्षयकोष स्थापनाले बिपन्न एबं असाहय बिधार्थिहरूको शैक्षिक बिकाशमा राहात मिल्नेमा उहाँले जोड दिनुभयो । करिब ७ बर्ष पहिले सैनामैना नगरपालिकाबाट विभिन्न प्रयोजनमा संयुक्त अरब इमिरेट्स युएईमा बस्दै आएका युवाहरूले स्थापना गरेको समाजमा हाल २०० बढि सदस्य कृयाशिल छन् । सैनामैना सेवा समाज युएई, नेपाली समाज युएई मा आवद्द ५८ बढि संस्थाहरूमध्येको एक संस्था हो ।




