LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका १ तीनकुने परमेश्वर टोलकी पेमा खनाल पोखरेलले विगत ६ बर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । अन्य खेतीभन्दा फूलखेतीमा राम्रो आम्दानी हुने भएकोले अरु दिदी बहिनीहरुलाई त्यत्तिकै खाली बस्नुभन्दा फूल खेती गरेर आम्दानीमा जोडिन आग्रह गर्नुभएको छ ।
कोरोना कालकै बेलामा सुरुमा दुईकटठामा फूल फूल खेती गर्नुभएकी पेमाले बीचमा फूलखेती बढाउनु भएको थियो तर बीचमा कोरोना लगायत समस्याका कारण फूल विक्री हुन छोडेपछि अहिले दुई कटठामै फूल खेती गरिरहेको बताउनु भयो ।

पेमा खनाल पोखरेललाई सैनामैना नगरपालिका कृषि शाखाले पनि फूल खेती गर्न सहयोग र प्रोत्साहन गरेको छ । दुई कटठामै फूल खेती गर्दापनि उहाँले ८० हजारसम्म आम्दानी गर्न सफल हुनुभएको बताउनुभयो । उहाँले भारतबाट आउने प्लाष्टिकका माला प्रयोग नगरेर नेपालकै महिला दिदी बहिनीहरुले उत्पादन गर्ने फूलका माला प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।

फूल खेतीलाई सरकार तथा स्थानीय पालिकाले प्रोत्साहन गर्ने
हो भने फूल खेतीमा अझै महिला दिदी बहिनीहरु जोडिने र आय आर्जनमा सहयोग पुग्ने उहाँको भनाई छ । नेपाली माला प्रयोग गरेर नेपालको पैसा विदेश जान रोक्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय