LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना,रुपन्देही १४

सैनामैना नगरपालिका वडा नम्बर १० झिमझिमियामा रहेको प्याराडाइज इङ्लिस स्कुलमा नेपालीहरुको दोस्रो महान चार्ड शुभ दिपावलिको अवसरमा तिहार विशेष कार्यक्रम हिजो मिति २०८१/०७/१४ गतेका दिन सम्पन्न भएको छ। तिहार विशेष कार्यक्रममा विद्यार्थीविच अन्तरसदनात्मक रङ्गोली बनाउने प्रतियोगिता र परम्परागत शैलिको देउसी भैलो  गाउने प्रतियोगिता आयोजना गरिएको थियो। साथै देउसिभैलोमा नाचिने परम्परागत  मारुनी नाच, सोरठी नाच लागायतका नाचहरु पनि प्रदर्शन गरिएको थियो। विद्यालयका प्रीन्सिपल सौगात भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्त बहादुर पुनको प्रमुख आतिथ्यता र सदस्यद्वय बिमला थापा र तिलक थापाको आतिथ्यता रहेको थियो। तिहार पर्वको महत्वको बारेमा बुझाउदै  विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक रुपमा आयोजना गरिएको कार्यक्रममा रङोली बनाउने प्रतियोगिता र देउसी भैलो प्रतियोगिता दुबैतर्फ  प्रथम Yellow House दोस्रो  Green House तेस्रो Red House र सान्त्वना Blue House भएका थिए। कार्यक्रमको अन्त्यतिर बोल्दै विद्यालयका प्रीन्सिपल सौगात भट्टराईले तिहार पर्वको शुभकामना दिदै तिहार पर्वको महत्वको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभयो।  देउसी भैलो लगायत बिभिन्न रिति रिवाज , परम्परा तथा  कला संस्कृतिलाई संरक्षण गर्न र त्यसका लागि स -साना बालबालिकाहरुलाई   मनोरन्जनको माध्यमबाट पर्वहरुको महत्वबोध गराउन बिद्यालयले  यस्ता खालका सान्स्कृतिक कार्यक्रम हरेक पर्वहरुमा  आयोजना गर्ने गरेको कुरा बताउनुभयो। विद्यालय शिक्षकद्वय भरत परियार , झरना सारु र नर्मदा पोख्रेलको संयुक्त संयोजनमा आयोजित कार्यक्रम विद्यालयका शिक्षक प्रकाश पन्थको सन्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्त्ब्य शिक्षिका नर्मदा पोख्रेलले राख्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय