LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कपिलबस्तु, कात्तिक १५ गते ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमनलाई तीव्रता दिइएको छ । अनुगमनका क्रममा कैफियत देखिएका दुई बेकरी उद्योगलाई ७५ हजार रुपियाँ जरिवाना गरेको हो ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेका अनुसार चाडपर्व सुरु भएसँगै व्यापारीले म्याद गुज्रेका वस्तुहरु बिक्री गर्ने, अखाद्य बस्तुको बेचविखन गर्ने, दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाव सृजना गर्नेजस्ता गुनासो आएपछि बजार अनुगमन गरिएको बताउनुभयो ।

उहाँले विगत एक महिनादेखि चाडवाडसँगै बजार अनुगमनलाई तीव्रता दिइएको बताउनुभयो । खुला रुपमा मिठाई विक्री गरिरहेको मिठाई जफत गरी नष्ट गरिएको सहायक प्रजिअ घिमिरेको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका सरोज खनालका अनुसार अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाइ नभएको भेटिएको बताउनुभयो । अखाद्य तेल, चास्नी, मिठाई र लेबल नलगाएको वस्तु जफत गरी नष्ट गरिएको उहाँको भनाइ छ ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालका प्रमुख सन्तोष खनालका अनुसार मूल्यसूची नभएकालाई मूल्यसूची राख्न र व्यवसाय विना दर्ता सञ्चालन गर्नेलाई दर्ता गर्न निर्देशन दिएको बताउनुभयो ।

यसैगरी चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि, सामानको कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता हकहितविरुद्धका कार्य हुनसक्ने भन्दै प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय