LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

खोटाङ, कात्तिक १५ गते । खोटाङमा युवाहरुको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुर्याइदिने युवाहरुको अभियान छ ।

गत दसैँबाट सुरु भएको यो अभियान तिहारमा पनि निरन्तरता दिने समूहले जनाएका छन् । दसैँमा आपतविपत्मा परेकालाई गन्तव्यसम्म पुराउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताउनुभयो । दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जनाले सेवा पाएका थिए ।

“दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा करिब १० जना युवा जेडिएका छन् । अझै जोडिने क्रम जारी रहेको संयोजक राईले बताउनुभयो । नेपालीको महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीलाई निःशुल्क मोटरसाइकलमा पुर्याइदिने उहाँको भनाइ छ ।

माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण चेली माइतीघर जान नसक्ने अवस्था भएमा आफ्नो टिमलाई सम्झन सकिने राईले बताउनुभयो । खोटाङका विभिन्न ठाउँमा ३५ किलोमिटर भित्रसम्म यो टिमले निःशुल्क सेवा दिने जनाएको छ ।

कात्तिक १६ गते शुक्रबार चेलीहरुलाई माइतीको घरसम्म पुर्याउने र १९ गते पुनः घरसम्म ल्याइदिने संयोजक राईले बताउनुभयो । सरकारी सेवा सुविधा लिइरहेकालाई भने सेवा उपलब्ध हुनेछैन ।

यस अभियानमा जोडिएर सेवा दिइरहेका मोटरसाइकल चालकलाई दिक्तेल रत्नपार्कस्थित शुभम् क्याफेले निःशुल्क खाना खुवाउने क्याफेका सञ्चालक सूर्य राईले बताउनुभयो । यस्तै, खोटाङ महिला उद्यमी सङ्घ, व्यवसायी आशिष थापा लगायत अन्य सङ्घ संस्था र ब्यक्तिहरुले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय