LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सिद्धार्थनगर, कात्तिक १६ गते । तिहार पर्वको अवसरमा बुटवलमा १४ औं दीपावली महोत्सव सुरु भएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ सुरु भएको हो ।

बुटवलको खस्किँदै गएको बजारमा चहलपहल बढाउन र दिपावलीको मौलिक सांस्कृतिक जगेर्ना गर्नका लागि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक अमरपथ टोल ब्यवसायी समितिले जनाएको छ । महोत्सवको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास सबैको साझा विषय भएको बताउँदै नगरपालिकाले सबैसँग सहकार्य गर्ने बताउनुभयो ।

उहाँले पश्चिम नेपालकै ऐतिहासिक बुटवल बजारलाई चलायमान गराउन ब्यवसायीसँग मिलेर काम गर्न उपमानगरपालिका तयार रहेको बताउनुभयो । के गर्दा ब्यवसायीको संरक्षण हुन्छ र बजार चलायमान हुन्छ भन्ने योजना लिएर आउन व्यवसायीहरुलाई आग्रह गरिएको बताउनुभयो ।

चलनचल्तीमा हुँदैआएको व्यापार व्यवसायलाई आधुनिक परिवेशअनुसार परिमार्जित गरेर अगाडि बढ्न पनि उहाँले सुझाव दिनुभयो । कार्यक्रममा समितिका अध्यक्ष रामकुमार रणपालले बुटवलको खस्किँदो व्यापारलाई उठाउन बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा दीपावली महोत्सव आयोजना गरिएको भन्दै सहयोग र सहभागिताको लागि अनुरोध गर्नुभयो ।

खुला सीमा, पार्किङ् अभाव र घरभाडा महङ्गो हुँदा अमरपथका ब्यवसायीहरु विस्थापित हुन थालेको भन्दै उहाँले समस्या समाधानका लागि सरोकारवालाहरुलार्इ आग्रह गर्नुभयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले केही समयदेखि बेलहिया नाका खुकुलो हुँदा ब्यवसायीका समस्या थपिदै गएको बताउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दीपावली महोत्सव मात्र नभएर देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउन आग्रह गर्दै बुटवलको व्यावसायिक विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अमरपथ महोत्सव तथा टोल ब्यवसायी समितिका संस्थापक अध्यक्ष राजेन्द्र ध्वजूले आर्थिक मन्दीलागायतका कारणले आफुहरु विस्थापित हुन लागेको बताउँदै यो ऐतिहासिक बजार विस्थापित हुनबाट रोक्न आग्रह गर्नुभयो ।

कला संकृतिलाई संरक्षण गर्न दिपावली महोत्सव आयोजना गरिएको पनि उहाँले बताउनुभयो । समितिका पूर्व अध्यक्ष गोकुल विश्वकर्माले १४ औं अमरपथ दीपावली महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित सामानमा २० प्रतिशतसम्मको छुट दिइने बताउनुभयो । कार्यक्रममा बुटवलउपमहानगर वडा ४ का अध्यक्ष नरिश्वर पौडेल, होटल ब्यवसायी रुपन्देहिका अध्यक्ष लेखनाथ भण्डारी, प्रकाशकुमार श्रेष्ठ लगायतले व्यवसायीलाइ संरक्षण गदै बजार चलायमान बनाउन सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने दीपावली महोत्सव अवधिभर विशेष छुटमा सामानको विक्री वितरण, नेपाली मौलिक तथा सांस्कृति र खानाका परिकार तथा विविध सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय