LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक १६,
काठमाण्डौ – यसवर्ष तिहारमा भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढेको छ । काठमाण्डौको असनमा वर्षौँदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गएको वर्ष भन्दा यसवर्ष भाइमसलाको मूल्य बढेको बताएका हुन् ।

भाइमसलाको पुस्तौनी व्यापार गर्दै आएका व्यापारी सजीव बज्राचार्यले यही असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यसवर्ष भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढ्न गएको बताउनु भयो ।

मूल्य बढेकाले यसपटक भाइमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ । ग्राहकहरुले पनि यसवर्ष भाइमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् ।

बजारमा यस वर्ष काजु प्रतिकिलो २ हजार दुई सय रुपैयाँ, बदाम एक हजार सात सय, किसमिस ६ सय, ओखर ५ सय ५० रुपैयाँ रहेको छ ।

यस्तै अनजिर २ हजार दुई सय, नरिवल ५ सय ५०, दाना मिश्री एक सय ८०, धागो मिश्री दुई सय, मखना २ हजार, दालचिनी आठ सय रुपैयाँ रहेको छ । यी सबै सामानको भाउ गएको वर्षभन्दा २५ देखी ३० प्रतिशत बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय