LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

पाल्पा, कात्तिक १७ गते । नेपाल संवत् ११४५ को अवसरमा जिल्लाको रामपुरमा शुभकामना र्‍याली निकालिएको छ । नेवाः देय दबू रामपुर नगर समितिले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा शनिबार र्‍याली निकालेर शुभकामना आदानप्रदान गरेको हो ।

रामपुर नगरपालिका–५, बेझाँड बजार चोकबाट सुरु भएको र्‍याली बेझाँड तल्लो चोक, सहकारी पथ, स्कुलरोड हुँदै पुन बेझाँड बजार चोकमा आएर सकिएको थियो । र्‍यालीपश्चात् नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाको तस्विरमा माल्यार्पणसँगै शुभकामना आदानप्रदान गरिएको थियो । निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले शुभकामना व्यक्त गर्दै नेपाली समाजमा शंखधर साख्वाले दिनुभएको योगदान सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो ।

उहाँले आफ्नै देशको नामबाट सुरुवात भएको नेपाल संवतको आफ्नै महत्व रहेको उल्लेख गर्दै हाम्रो भाषा र संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारका पूर्व सहसचिव भीमप्रसाद श्रेष्ठले नेपाल संवतलाई नेवा समुदायको लागि मात्र नभै सबैको साझा भाषाको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तलाई समुदायमा रहेको कला र संस्कृतिसँग जोड्नु आवश्यक रहेको बताउनुभयो ।

रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले नेपालीको आफ्नै संवत नेपाल् संवतलाई हामी सबैले गौरवको रुपमा लिनुपर्ने बताउनुभयो । नेवाः देय दबू रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले समाज रामपुरका अध्यक्ष नेपाल संवतको महत्वबारे जानकारी दिन गत वर्षदेखि कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले नेपाल भाषाको जगेर्ना गर्नका लागि प्रशिक्षकहरुलाई तालिम दिएर अब कक्षा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय