LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

म्याग्दी – यसपालीको तिहारमा मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएका छन् । म्याग्दी, बागलुङ, पोखरा र काठमाण्डौका बजारमा पुर्‍याउन कात्तिक महिना शुरु भएदेखि चार हजार ४० भेडारच्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशैँमा आठ हजार भेडाच्याङग्रा बिक्री भएका थिए । स्वास्थ्य परीक्षण गरेर मात्रै भेडाच्याङग्रा बजार पठाउने गरिएको छ । उत्पादन बढेको र मूल्य घटेको हुँदा विगतको तुलनामा यसपालीको दसैँरतिहारमा भेडाच्याङग्राको कारोबार राम्रो भएको केन्द्र प्रमुख अर्यालले बताउनुभयो ।

किसानले तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३७ हजार रुपैयाँका दरले च्याङग्रा बिक्री गरेका छन् । बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छन् ।

गएको वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका व्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजार रुपैयाँमा किसानबाट खरिद गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय