LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

म्याग्दी – यसपालीको तिहारमा मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएका छन् । म्याग्दी, बागलुङ, पोखरा र काठमाण्डौका बजारमा पुर्‍याउन कात्तिक महिना शुरु भएदेखि चार हजार ४० भेडारच्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशैँमा आठ हजार भेडाच्याङग्रा बिक्री भएका थिए । स्वास्थ्य परीक्षण गरेर मात्रै भेडाच्याङग्रा बजार पठाउने गरिएको छ । उत्पादन बढेको र मूल्य घटेको हुँदा विगतको तुलनामा यसपालीको दसैँरतिहारमा भेडाच्याङग्राको कारोबार राम्रो भएको केन्द्र प्रमुख अर्यालले बताउनुभयो ।

किसानले तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३७ हजार रुपैयाँका दरले च्याङग्रा बिक्री गरेका छन् । बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छन् ।

गएको वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका व्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजार रुपैयाँमा किसानबाट खरिद गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय