LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाण्डौ –

२०औँ ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ ।

श्रीलङ्काले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो । त्यस अघि टस हारेर व्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

यस अघि आजै भएको समूह चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको थियो । हिजो इङ्गल्याण्डलाई हराएको नेपाल आज अष्ट्रेलियासँगको जीतसँगै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो । प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय