LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक १७,
काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर पाँच बलमा दुई सय ४४ रनमा अलआउट भयो ।

नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए । यस्तै सोमपाल कामीले ४६ रन बनाए । अमेरिकाका सौरभ नेत्रावलकरले चार विकेट लिए ।

त्यसअघि डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए । यस्तै कप्तान मोनांक पटेलले ६७ र हरमित सिंहले ५९ रन बनाए । नेपालका गुलशन झाले तीन विकेट लिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । कुशल भुर्तेलले एक विकेट लिए ।

लिग–२ अन्तर्गत यो शृङ्खलाको पहिलो खेलमा पनि नेपाल घरेलु टोली अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । नेपालले आफ्नो दोश्रो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो ।

तालिकाको सातौँ स्थानमा रहेको नेपालको ११ खेलमा पाँच अङ्क छ । १२ खेलमा १६ अङ्कका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा भोलि स्कटल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय