LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक १८,
काठमाण्डौ – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई २५ रनले पराजित गरेको छ । मुम्बईको वानखडे स्टेडियममा एक सय ४७ रन पछ्याएको भारतले एक सय २१ रन मात्रै बनाउन सक्यो ।

सन् २००० यता घरेलु शृङ्खलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो । तीन टेस्टको शृङ्खलामा न्युजिल्यान्ड ३–० ले विजयी रह्यो ।

तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषव पन्तबाहेक अरू ब्याटरले राम्रो गर्न सकेनन् । ऋषवले ६४ रन बनाए । कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन बनाए । घरेलु टोली २९ दशमलव १ ओभरमै अलआउछ भयो ।

न्यूजिल्याण्डका एजाज पटेलले ५७ रनमा छ विकेट लिए । यस्तै ग्लेन फिलिप्सले तीन र म्याट हेनरीले एक विकेट लिए । न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएपछि भारतले जवाफमा २ सय ६३ रन बनाएको थियो । न्युजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय