LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

२१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।

बीबीसीका अनुसार प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पले इण्डियाना, वेष्ट भर्जिनिया, केन्टकी, मिसौरी, ओक्लोहामा, अल्बामा, अर्कानास, टेनिसी, फ्लोरिडा, साउथ क्यारोलिना राज्यमा जित हासिल गरेका छन् ।
यसैगरी कमला ह्यारिसले भर्मोट, न्यूह्याम्प्सपायर, म्यासाचुयट्स, मेरिल्याण्ड, कोलम्बिया राज्यमा विजयी भएकी छन् ।

निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।

डेमोक्रेटिक पार्टीका नेता बर्नी स्यान्डर्स चौथो पटक बर्मोटका लागि अमेरिकी सिनेटर निर्वाचित भएका छन् । ८३ वर्षीय स्यान्डर्स अमेरिकी राजनीतिका प्रसिद्ध लिबरल अनुहार हो । उनले यो निर्वाचन आफ्नो जीवनकालका लागि सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय