LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपालगन्ज,  ।

बाँकेको राप्ती सोनारी गाउँपालिका – ७ निबुवाटारमा रहेको कुसम्या सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेको कागतीले बजार नपाउँदा उपभोक्ता चिन्तित बनेका छन् ।

सो सामुदायिक वनका अध्यक्ष काशीराम चौधरीले वनमा लटरम्म फलेको कागती बिक्री हुने आशमा रहेका उपभोक्ता बिक्री नहुँदा निराश हुन थालेको बताउनुभयो ।

उहाँले थप्नुभयो ‘‘कागती बिक्री हुने हो भने त्यसबाट वनका उपभोक्तालाई राम्रो आम्दानी हुने र वन समितिलाई पनि फाइदा पुग्नेछ ।’’ सामुदायिक वनमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन उपभोक्ता समितिले स्थानीय निकायसँग आग्रह गरेको छ ।

कागतीले बजार नपाएपछि वनका उपभोक्ता समस्यामा परेकाले बजारको सहजीकरणका लागि पहल गरिदिन स्थानीय सरकारसँग आग्रह गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पहिलो पटक सो वनमा करिब एक हजार किलोभन्दा बढी कागती फलेको बताउनुभयो ।

भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको वनका उपभोक्ता अमर घर्तीमगरले बताउनुभयो ।

राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले गैरसरकारी संस्थाको सहयोगमा वनमा कागती फलेको देखेर आफूलाई हर्षित बनाएको बताउँदै स्थानीय स्तरमा उत्पादित कागतीलाई बजारीकरण गर्नका लागि वडाले पहल गर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सामुदायिक वनमा गरिएको कागती खेतीको बजारीकरणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा दिने लक्ष्य लिएर कागती खेती सुरु गरिएको वन उपभोक्ता समितिले जनाएको छ ।

सो वनमा बिग्रुप र एडब्लुओको आर्थिक सहयोगमा १।७ हेक्टर क्षेत्रफलमा कागती कलमी ३३५, कागती बिजु ५७५, सितल चिनी ६२, जामुन १५० र बेल ४७५ गरी जम्मा १५९७ बिरुवा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय