LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपालगन्ज,  ।

बाँकेको राप्ती सोनारी गाउँपालिका – ७ निबुवाटारमा रहेको कुसम्या सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेको कागतीले बजार नपाउँदा उपभोक्ता चिन्तित बनेका छन् ।

सो सामुदायिक वनका अध्यक्ष काशीराम चौधरीले वनमा लटरम्म फलेको कागती बिक्री हुने आशमा रहेका उपभोक्ता बिक्री नहुँदा निराश हुन थालेको बताउनुभयो ।

उहाँले थप्नुभयो ‘‘कागती बिक्री हुने हो भने त्यसबाट वनका उपभोक्तालाई राम्रो आम्दानी हुने र वन समितिलाई पनि फाइदा पुग्नेछ ।’’ सामुदायिक वनमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन उपभोक्ता समितिले स्थानीय निकायसँग आग्रह गरेको छ ।

कागतीले बजार नपाएपछि वनका उपभोक्ता समस्यामा परेकाले बजारको सहजीकरणका लागि पहल गरिदिन स्थानीय सरकारसँग आग्रह गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पहिलो पटक सो वनमा करिब एक हजार किलोभन्दा बढी कागती फलेको बताउनुभयो ।

भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको वनका उपभोक्ता अमर घर्तीमगरले बताउनुभयो ।

राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले गैरसरकारी संस्थाको सहयोगमा वनमा कागती फलेको देखेर आफूलाई हर्षित बनाएको बताउँदै स्थानीय स्तरमा उत्पादित कागतीलाई बजारीकरण गर्नका लागि वडाले पहल गर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सामुदायिक वनमा गरिएको कागती खेतीको बजारीकरणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा दिने लक्ष्य लिएर कागती खेती सुरु गरिएको वन उपभोक्ता समितिले जनाएको छ ।

सो वनमा बिग्रुप र एडब्लुओको आर्थिक सहयोगमा १।७ हेक्टर क्षेत्रफलमा कागती कलमी ३३५, कागती बिजु ५७५, सितल चिनी ६२, जामुन १५० र बेल ४७५ गरी जम्मा १५९७ बिरुवा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय