LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक २२,
इजरायलले गरेको हवाई आक्रमणबाट पूर्वी लेबनानको बेक्का भ्याली र बालबेक शहरमा ४० जनाको ज्यान गएको छ । इजरायली सेनाले गएराति गरेको बमबारीबाट ५३ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हवाई आक्रमणबाट बालबेक शहरको एउटा आवासीय भवन ध्वस्त भएको छ । इजरायलले हिजो दक्षिणी बेइरुतमा पनि हिजबुल्लाहका कमान्ड सेन्टर, हतियार भण्डारण र अन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।

यसैबीच हिजबुल्लाहका लडाकुहरूले लेबनानबाट इजरायलतर्फ हानेको रकेटबाट एक इजरायली नागरिकको ज्यान गएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय