LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देही सेवा समाज युएईले रुपन्देहीको मधौलियामा रहेको अबिनास अनाथ आश्रममा रहेका बालबालिकालाई २ लाख ९० हजार रुपैया बराबरको चिल्ड्रेन पार्क र कापी कलम वितरण गरेको छ ।

शुक्रबार आश्रममै पुगेर रुपन्देही सेवा समाज युएईले चिल्ड्रेन पार्क हस्तान्तरण गर्नुका साथै कापी कलम वितरण गरेको हो । उक्त अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथी रुपन्देही सेवा समाज युएईका संस्थापक सल्लाहकार बिएल शर्माले स्थापना कालदेखि नै रुपन्देही सेवा समाज युएईले धेरै राम्रो काम गरिरहेको बताउनुभयो ।

उहाँले युएईमा हुने नेपालीहरुलाई पर्ने अप्ठ्यारादेखि नेपालमा अपांग आश्रम, मानव सेवा आश्रम, अनाथ आश्रम लगायतको क्षेत्रमा समाजले सहयोग गर्दै आएको बताउनु भयो । सरकारले अनाथ बालबालिकालाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको व्यवस्था गरिदिनु पर्ने बताउनु भयो ।

रुपन्देही सेवा समाज युएई २०१४ मा स्थापना भएको थियो । संस्था स्थापना भएको १० बर्षको बीचमा समाजले विभिन्न सामाजिक काम गर्दै आएको छ । रुपन्देही सेवा समाज युएईका अध्यक्ष अमित लोहनीले बाढी पीडितलाई सहयोगदेखि अक्षयकोषको स्थापना र पछिल्लोपटक अबिनाश अनाथ आश्रममा रहेका बालबालिकालाई खेल्नका लागि चिल्ड्रेन पार्क निर्माण गरिदिएको र कापी कलम वितरण गरेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि यसैगरी सामाजिक काममा योगदान दिने प्रतिवद्धता जनाउनु भयो ।

अविनास अनाथ आश्रममा ९ जना बालिका र १० जना बालक गरि १९ जना बालबालिकाले आश्रय लिएर बसेका छन । आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले आश्रममा रहेका बालबालिकालाई स्थानीय ७ वटा विद्यालयले निशुल्क अध्ययनको अवसर दिएको बताउनुभयो । अध्यक्ष ज्ञवालीले समाजले रुपन्देही सेवा समाज युएईले बालबालिकालाई सहयोग गरेकोमा धन्यबाद दिदै आगामी दिनमा पनि यस प्रकारको सामाजिक काममा सहयोग गरिरहन आग्रह गर्नुभयो ।

रुपन्देही सेवा समाज युएईका अध्यक्ष अमित लोहनीको अध्यक्षतामा भएको चिल्ड्रेन पार्क हस्तान्तरण कार्यक्रममा समाजका पूर्व अध्यक्ष हरिप्रसाद चापागाई, सूर्य खनाल, तिलकराम भण्डारी, कृष्ण अर्याल, गोपाल शर्मा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन बिष्णु सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय