LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देही सेवा समाज युएईले रुपन्देहीको मधौलियामा रहेको अबिनास अनाथ आश्रममा रहेका बालबालिकालाई २ लाख ९० हजार रुपैया बराबरको चिल्ड्रेन पार्क र कापी कलम वितरण गरेको छ ।

शुक्रबार आश्रममै पुगेर रुपन्देही सेवा समाज युएईले चिल्ड्रेन पार्क हस्तान्तरण गर्नुका साथै कापी कलम वितरण गरेको हो । उक्त अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथी रुपन्देही सेवा समाज युएईका संस्थापक सल्लाहकार बिएल शर्माले स्थापना कालदेखि नै रुपन्देही सेवा समाज युएईले धेरै राम्रो काम गरिरहेको बताउनुभयो ।

उहाँले युएईमा हुने नेपालीहरुलाई पर्ने अप्ठ्यारादेखि नेपालमा अपांग आश्रम, मानव सेवा आश्रम, अनाथ आश्रम लगायतको क्षेत्रमा समाजले सहयोग गर्दै आएको बताउनु भयो । सरकारले अनाथ बालबालिकालाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको व्यवस्था गरिदिनु पर्ने बताउनु भयो ।

रुपन्देही सेवा समाज युएई २०१४ मा स्थापना भएको थियो । संस्था स्थापना भएको १० बर्षको बीचमा समाजले विभिन्न सामाजिक काम गर्दै आएको छ । रुपन्देही सेवा समाज युएईका अध्यक्ष अमित लोहनीले बाढी पीडितलाई सहयोगदेखि अक्षयकोषको स्थापना र पछिल्लोपटक अबिनाश अनाथ आश्रममा रहेका बालबालिकालाई खेल्नका लागि चिल्ड्रेन पार्क निर्माण गरिदिएको र कापी कलम वितरण गरेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि यसैगरी सामाजिक काममा योगदान दिने प्रतिवद्धता जनाउनु भयो ।

अविनास अनाथ आश्रममा ९ जना बालिका र १० जना बालक गरि १९ जना बालबालिकाले आश्रय लिएर बसेका छन । आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले आश्रममा रहेका बालबालिकालाई स्थानीय ७ वटा विद्यालयले निशुल्क अध्ययनको अवसर दिएको बताउनुभयो । अध्यक्ष ज्ञवालीले समाजले रुपन्देही सेवा समाज युएईले बालबालिकालाई सहयोग गरेकोमा धन्यबाद दिदै आगामी दिनमा पनि यस प्रकारको सामाजिक काममा सहयोग गरिरहन आग्रह गर्नुभयो ।

रुपन्देही सेवा समाज युएईका अध्यक्ष अमित लोहनीको अध्यक्षतामा भएको चिल्ड्रेन पार्क हस्तान्तरण कार्यक्रममा समाजका पूर्व अध्यक्ष हरिप्रसाद चापागाई, सूर्य खनाल, तिलकराम भण्डारी, कृष्ण अर्याल, गोपाल शर्मा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन बिष्णु सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय