LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल । संचारकर्मीद्वय सुमन श्रेष्ठ र विकास गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को लोर्कापण भएको छ । बुटवलमा बसेर लामो समयदेखि संचारकर्मसँगै उद्घोषण गर्दै आएका श्रेष्ठ र गौतमको सो पुस्तक आइतबार एक कार्यक्रमका विच लोर्कापण भएको हो ।

लोर्कापण कार्यक्रममा बोल्दै अधिवक्ता तथा लेखक युवराज कडेँलले पुस्तक पठन योग्य रहेको बताउँदै कुनै पनि कुरालाई उचित ढङ्गले बोल्न सकिएन् भने जस्तोसुकै महत्वपूर्ण कुरा पनि प्रभावविहीन हुने बताए । वरिष्ठ पत्रकार खिमान्द्र भट्टराईले पनि पुस्तकमा धेरै कुरा समेटिएको र त्यसलाई पढेर लागु गर्न सके धेरै कुरा सिक्न सकिने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पुस्तकमा भएका कुरा पढेर मानिसमा बोल्ने कलाको विकास गर्न सहयोग पुग्ने खालको रहेको बताए । साथै उनले पुस्तक लेख्नलाई आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

पुस्तक लोर्कापण कार्यक्रममा बोल्दै सुमन श्रेष्ठले आफूले लामो समयसम्म संचारकर्ममा रहँदा र उद्घोषण गर्दाका अनुभवलाई पुस्तकमा लेखेको बताए । साथै उनले आफुले जानेका कुराहरु अरुलाई पनि बाँडनु पर्छ भनेर पुस्तक लेखेको बताए ।

यस्तै अर्का लेखक विकास गौतमले पनि २०६५ देखि आफुहरुले सँगै काम गरेको बताउँदै काम गर्दाका ती अनुभवहरुका आधारमा पुस्तक लेखेको बताए । साथै उनले अब आफु संचारकर्ममा केही समय सक्रिय नहुने भएपनि संचार क्षेत्रप्रतिको माया र सद्भाव भने रहिरहने बताए ।

कार्यक्रममा लेखक सुमन श्रेष्ठका बुबा सत्य रश्मि श्रेष्ठ र विकास गौतमका ससुरा बुबा देविराम पाण्डे पनि सहभागि रहेका थिए । उद्घोषण पाठशालाका लेखक श्रेष्ठ २०६० सालदेखि संचारकर्ममा सक्रिय रहँदै आएका छन् ।

उनले यो विचमा बुटवलका विभिन्न रेडियोमा काम गर्नुका साथै विभिन्न कार्यक्रमहरुको उद्घोषण तथा प्रशिक्षण समेत दिदैँ आएका छन् । २०६६ सालदेखि संचारकर्म सुरु गरेका विकास गौतम पनि विभिन्न संचारमाध्यमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय