LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल

लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका सिमसार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१ र ८२ को बजेटमा प्रदेशमा रहेका तालतलैया तथा ऐतिहासिक पुराना प्राकृतिक पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो ।

जस अनुसार अहिले रुपन्देहीको राजापानी सिमसार क्षेत्रलाई बजेट उपलब्ध गराएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–११ मा रहेको राजापानी सामुदायिक वन क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले ३० लाख रुपियाँ उपलब्ध गराएको छ । राजापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लालबहादुर सेनले राजापानी क्षेत्रको पानी बग्ने र ताल परेको क्षेत्रलाई सिमसार क्षेत्र बनाउने तयारी अन्तर्गत प्रदेश सरकारले ३० लाख रुपियाँ सहयोग गरेको बताउनुभयो ।

बाहै्र महिना पानी बग्ने चिस्यान क्षेत्र भएकाले जर्लैयाको राजापानी क्षेत्रलाई सिमसार क्षेत्र बनाउन वन समूहसँगै सैनामैना नगरपालिकाले समेत काम गरिरहेको छ । सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्रप्रसाद शर्माले राजापानी सामुदायिक वनलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारसँगै सैनामैना नगरपालिकाले समेत सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

वन संरक्षण नहुँदा उजाड बनेको राजापानी सामुदायिक क्षेत्र स्थानीयले संरक्षण गर्न थालेपछि हरियाली बनेको र वनको बिच भागमा रहेको जर्लैया नदीबाट बाह्रै महिना पानी बग्ने गरेको बताउनुभयो । सुनसान, एकान्त र जङ्गलको बिच भागमा रहेको यो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न राजापानी वनलाई सिमसार क्षेत्र बनाउनुपर्ने प्रस्ताव राजापानी सामुदायिक वनले गर्दै आएको थियो ।

सामुदायिक वनले संरक्षण गर्न थालेपछि वन जोगिएको मात्र होइन, पहिले सुकेको खोलामा समेत अहिले बाह्रै महिना पानी बग्ने र कहिल्यै नसुक्ने भएकाले यो क्षेत्रलाई सिमसार क्षेत्र बनाउन सकिने सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको भनाइ छ । एसियाली विकास बैङ्कले समेत यो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले पानी भएको भागलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न अध्ययन गरिरहेको छ । राजापानी सिमसार क्षेत्रमा गुफा पनि रहेकाले यो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय