LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ क का सहसचिव टिकाराम न्यौपानेको स्मृतिमा आईतबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । न्यौपानेको घरमै आयोजना गरिएको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहरुले न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यौपाने एक कुशल राजनैतिक संगठक हुनुका साथै उहाँको सामाजिक क्षेत्रमा समेत रहेको योगदानको प्रशंसा गर्नुभएको थियो ।

उक्त अवसरमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले स्वर्गीय टिकाराम न्यौपानेले विगतमा जतिसुकै अप्ठ्यारो समयमा पनि पार्टीलाई ठूलो गुन लगाएको बताउँदै पार्टी संगठनलाई बलियो बनाउन उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले स्वर्गीय न्यौपाने र उहाँको घर परिवारले लगाएको गुन कहिल्यै तिरेर नसकिने बताउनु भयो ।

सोही अवसरमा लुम्बिनी प्रदेशका कार्यवाहक मूख्यमन्त्री भूमिश्वर ढकालले स्वर्गीय टिकाराम न्यौपानेको निधनले सवैलाई स्तब्ध र मर्माहत बनाएको बताउँदै उहाँले हिमालयभन्दा पनि उचो मरणको रुपमा मृत्युबरण गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले टिकाराम न्यौपानेले देखेको सपना पूरा गर्ने दायित्व हामी सवैको काँधमा थपिएको बताउदै उहाँका अधुरा योजनाहरुलाई पूरा गर्नेतर्फ सवैले मनन गर्नुपर्ने बताउनु भयो ।

त्यसैगरी नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले स्वर्गीय टिकाराम न्यौपाने पार्टीको लागि मात्र नभै यो समाजका लागि अत्यन्तै सहयोगी र इमान्दार हुनुह्न्थ्यो भन्दै उहाँले यो क्षेत्रको निर्माण र विकासका लागि खेलेको भूमिका कहिल्यै बिर्सन नसकिने उल्लेख गर्नुभयो ।

श्रद्धाञ्जली समारोहमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, नेकपा एमालेका रुपन्देही जिल्ला सचिव चित्रबहादुर कार्की, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ क का सभापति रामबहादुर थापा, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रीय सभापति वसीउल्लाह मुसलमान लगायतको उपस्थिति रहेको थियो । न्यौपानेको गत कार्तिक १८ गतेका दिन उहाँको निवास सैनामैना ७ देउवापारमा ह्दयाघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय