LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बारेकोट गाउँपालिकाको लिम्साबाट जाजरकोट सदरमुकाम आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । सोमबार लिम्साबाट जाजरकोट सदरमुकामका लागि छुटेको बोलेरो जिप नलगाड नगरपालिका–४ बाउसे खोला जिरो प्वाइन्ट टोट्केमा दुर्घटना भएको प्रहरीको जनाएको छ ।

उक्त बोलेरोमा सवार ७ जना यात्रुमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ । जिपमा सवार घाइतेलाई जाजरकोट अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।

बारेकोट गाउँपालिकाका ७० वर्षीय ओइला घर्ती, ७१ वर्षीय तुलसी पुन, ६० वर्षीय धनकली थापा, २२ वर्षीय आकाश घर्ती, ७८ वर्षीय निलु सिंह, ८० वर्षीय पद्मी घर्ती, ७० वर्षीय जैकली रोकाय सवार रहेका नलगाड नगरपालिका –४ का वडा अध्यक्ष बद्री पन्तले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय