LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सङ्गठनहरूले बक्यौता रकम नउठाई लाइन जोडिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले ऊर्जामन्त्री एवम् प्राधिकरण सञ्चालक समिति अध्यक्ष दीपक खड्कालाई सम्बोधन गरी लेखिएको चेतावनीपत्रमा बक्यौता उठाएर मात्रै लाइन जोड्नुपर्ने उल्लेख छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने निर्णय गरेपछि प्राधिकरणका कर्मचारी सङ्गठनहरूले मन्त्री खड्कालाई पत्र लेखेका हुन् । अरू उपभोक्तालाई ६० दिनसम्म महसूल नबुझाउँदा लाइन काटी जरिबानासमेत असूल गरिँदै आएको भए पनि केही उद्योगहरूले अनावश्यक विवाद खडा गर्ने गरेको ती सङ्गठनको चेतावनी छ । पत्रमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन भए अन्य उपभोक्तामा पनि महसूल नतिर्ने प्रवृत्ति हाबी हुँदै जाँदा संस्था नै धराशयी हुने खतरा रहेको उल्लेख छ ।

देशमा चरम बिजुली अभाव भई आमनागरिक अन्धकारमा रहेका बेला नियमित उपयोग गरेको बिजुलीको महसूल नतिर्न उद्योगीहरूले अदालत र अरू शक्ति केन्द्रको प्रयोग गरेको कर्मचारी सङ्गठनहरूको ठहर छ । सरकारको यस्तो निर्णयले सानालाई ऐन र ठूलालाई चैन भन्ने उक्ति चरितार्थ हुने भन्दै कर्मचारी सङ्गठनहरूले बक्यौता भुक्तानी भएपछि मात्र लाइन जोड्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय