LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको भैरहवास्थितगौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरिरहेका छन् । यसैक्रममा मंगलबारबाट कतार एयरवेजले दैनिक उडान सुरुवात गरेको छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजको जहाजले आज २ बजेर ४५ मिनेटमा भैरहवामा अवतरण गरेको छ । भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ ।

कतार एयरवेजले अब प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामाअवतरण गर्ने छ । विमानस्थलका अनुसार पहिलो चरणमा कतारले यहाँबाट मंसिर १५ गतेसम्म उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामानियमितअन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ ।

यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरएसियाले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामातीनदिनमंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो जहाजमा ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् भने बाँकी ३२ जना काठमाडौं आउने छन् । योसँगै कतार एयरवेजले दोहा–भैरहवा–काठमाडौं रुटमा दैनिक उडान सुरुवात गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय