LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

हकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि मंगलवार रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसंग मंगलवारको बयान नसकिएपछि बुधबार फेरी बयान लिइने भएको छ ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार रूपन्देही ल्याएको हो ।
मंगलवार बयान नसएिपछि रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
लामिछानेसंग बुधबार पनि बयान लिने तय भएको छ ।

सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको कार्यकक्षमा प्रहरीका अनुसन्धान अधिकृतहरूले लामिछानेसँग बयान लिएका थिए ।

मंगलवार साँझ बयान दिएर फर्किनेक्रममा आफ्ना कार्यकर्तालाई अभिवादन गर्दै रास्वपा अध्यक्ष रबि लामिछानेले खोरमा थुनिदैमा बाघ कहिल्यै स्याल नहुने संक्षिप्त प्रतिकृया दिएका छन ।

यता बुद्धचोकमा रास्वपाका कार्यकर्ताहरूले मंगलवार दिनभर प्रदर्शन गरेका थिए । प्रहरीले बुटवल बेलहिया मुख्य सडक भन्दा भित्र प्रदर्शन गर्न रोक लगाएपछि रास्वपाले मुख्य सडकमा प्रदर्शन गरेको थियो ।

सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जिवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो। यसअघि सहकारी ठगी आरोपमा कास्कीमा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डिआइजी छविलाल जोशी बञ्जाडेलाई रुपन्देही ल्याएर बयान लिएर कास्की पठाइसकेको छ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय