LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

दाङ – सामुदायिक वनको काठ काटेको आरोपमा दाङको राजपुर गाउँपालिका–७ का वडाअध्यक्ष पुष्कर वलीसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा अध्यक्ष वलीसहित उनका दाइ घनबहादुर वली, घनबहादुरका छोरा तिलक वली, पदमबहादुर खड्का, भुपलाल बोटे र बालाराम कुमाल रहेका छन् । सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्दा राप्ती किनार सामुदायिक वनमा तारमुनी परेका साल, ढौँटी, खयर प्रजातिका रुखहरु काटेको उनीहरुलाई आरोप लागेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।

उनीहरुलाई डिभिजन वन कार्यालय देउखुरीले नियन्त्रणमा लिएको हो । वडाअध्यक्षको मिलेमतोमा वनका रुख काटिएको उजुरी अख्तियारमा परेको थियो । अख्तियार कार्यालयले छानविन गरी सत्यतथ्य पठाउन भनेपछि डिभिजन वन कार्यालय देउखुरीले कार्यालयका वन अधिकृत छोटेलाल चौधरीलाई अनुसन्धान अधिकृत बनाएर छानविन गरेको हो ।

अनुसन्धानका सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुख काटिएको प्रमाण भेटिएको र कटान भएको काठको परिमाण झण्डै तीन सय क्यूफिट हुन आउने अनुसन्धानमा खटिएका वन अधिकृत चौधरीले बताउनुभयो ।

तीन जनालाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराएको र वडाअध्यक्ष वलीसहित तीन जनालाई बयानका लागि अदालतमा बोलाउदा आलटाल गरेको, फोन सम्पर्कमा नआएको हुँदा डिभिजन वन कार्यालयले सिक्टा पुगेरै नियन्त्रणमा लिन परेको चौधरीले बताउनुभयो ।

डिभिजन वन कार्यालय दाङको नियन्त्रणमा रहेका वडाअध्यक्ष वलीसहितलाई जिल्ला अदालतमा पेस गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय