LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दाङ – सामुदायिक वनको काठ काटेको आरोपमा दाङको राजपुर गाउँपालिका–७ का वडाअध्यक्ष पुष्कर वलीसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा अध्यक्ष वलीसहित उनका दाइ घनबहादुर वली, घनबहादुरका छोरा तिलक वली, पदमबहादुर खड्का, भुपलाल बोटे र बालाराम कुमाल रहेका छन् । सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्दा राप्ती किनार सामुदायिक वनमा तारमुनी परेका साल, ढौँटी, खयर प्रजातिका रुखहरु काटेको उनीहरुलाई आरोप लागेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।

उनीहरुलाई डिभिजन वन कार्यालय देउखुरीले नियन्त्रणमा लिएको हो । वडाअध्यक्षको मिलेमतोमा वनका रुख काटिएको उजुरी अख्तियारमा परेको थियो । अख्तियार कार्यालयले छानविन गरी सत्यतथ्य पठाउन भनेपछि डिभिजन वन कार्यालय देउखुरीले कार्यालयका वन अधिकृत छोटेलाल चौधरीलाई अनुसन्धान अधिकृत बनाएर छानविन गरेको हो ।

अनुसन्धानका सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुख काटिएको प्रमाण भेटिएको र कटान भएको काठको परिमाण झण्डै तीन सय क्यूफिट हुन आउने अनुसन्धानमा खटिएका वन अधिकृत चौधरीले बताउनुभयो ।

तीन जनालाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराएको र वडाअध्यक्ष वलीसहित तीन जनालाई बयानका लागि अदालतमा बोलाउदा आलटाल गरेको, फोन सम्पर्कमा नआएको हुँदा डिभिजन वन कार्यालयले सिक्टा पुगेरै नियन्त्रणमा लिन परेको चौधरीले बताउनुभयो ।

डिभिजन वन कार्यालय दाङको नियन्त्रणमा रहेका वडाअध्यक्ष वलीसहितलाई जिल्ला अदालतमा पेस गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय