LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुँको बिउ बितरण सुरु गरेको छ ।
नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको हो ।

जात नखुलेका बिउ बिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धी गर्ने उद्देश्यले बिउ बितरण गरीएको सिद्धार्थनगर नगरपालीकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिनुभयो ।

बजारमा पाईने कमसल खालका बिउ लगाउँदा दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षित गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरिएको उहाँले बताउनुभयो ।

कृषकको कृषी योग्य जमीनको आधारमा कम्तीमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागीएको हो ।

नगरपालिकाका कृषी शाखा प्रमुख योगेन्द्र प्रसाद यादवका अनुसार बितरणको लागी कृषी सामग्री कम्पनीबाट आठसय बोरा मल ल्याईएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैया पर्छ,भने यसमा नगरपालीकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय