LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

दुई किलोमिटर दूरीमा सञ्चालनमा रहेको बुटवलस्थित सिद्धार्थ केबलकार लिमिटेडको केबलकार दसैंयता ७० हजारभन्दा बढीले चढेका छन् । लिमिटेडले आइपिओ खोल्ने तयारी पनि गरेको छ ।

दसैंदेखि अनौपचारिक सञ्चालनमा आएको केबलकारले छिट्टै विशेष साधारण सभा गर्ने र सोपछि आइपिओ खोलिने बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

हाल सिद्धार्थ केवलकार लिमिटेडको चुक्ता पुँजी ६० करोड रुपियाँ छ । त्यसलाई वृद्धि गरी एकसय करोड पुर्‍याइने कम्पनीका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारी गणेशले जानकारी दिनुभयो । अहिलेसम्म यो केबलकारमा १ अर्ब १० करोड रुपियाँ लगानी भइसकेको छ ।

‘सर्वसाधारणका लागि १५ करोड रुपियाँको पब्लिक शेयर खोल्ने कुरा थियो । तर अब त्यो पनि बढाउने कि भन्ने भएको छ’ प्रबन्ध सञ्चालक अधिकारीले भन्नुभयो । बुटवल उपमहानगरपालिकाबाट पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटलाई जोड्ने यो केबलकारको बटम स्टेशन र टप स्टेशनमा पूर्वाधार निर्माण भइरहेको छ । नयाँवर्ष २०८२ वैशाखदेखि यो पूर्णरुपमा सञ्चालनमा आउनेछ ।

निर्माणकै क्रममा रहेको यो केवलकार गएको दसैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । जसमा हालसम्म ७० हजारभन्दा बढी पर्यटकले केबलकारको यात्रा गरी नुवाकोट अवलोकन गरेका छन् । केवलकार निर्माणसँगै नुवाकोटलाई थप पर्यटकीय आकर्षक बनाउने र बटम स्टेशनमा पनि आकर्षक बनाएर सकिएपछि आगामी २०८२ वैशाख १ गते उद्घाटन गर्नेगरी काम भइरहेको प्रबन्ध सञ्चालक अधिकारीले जानकारी दिनुभयो ।

नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनाउनेगरी काम गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले बताउनुभयो । ‘केबलकार एउटा पाटो मात्र हो’ ‘नुवाकोटको आफ्नै विशेषता र इतिहास छ, उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन’ उहाँको भनाइ छ ।

निर्माणकै क्रममा रहेको यो केबलकार गएको दसैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । जसमा हालसम्म ७० हजारभन्दा बढी पर्यटकले केबलकारको यात्रा गरी नुवाकोट अवलोकन गरेका छन् ।

केवलकार निर्माणसँगै नुवाकोटलाई थप पर्यटकीय अकर्षक बनाउने र बटम स्टेशनमा पनि आकर्षक बनाएर सकिएपछि आगामी २०८२ वैशाख १ गते उद्घाटन गर्नेगरी काम भइरहेको प्रबन्ध सञ्चालक अधिकारीले जानकारी दिनुभयो ।

हाल कम्पनीले प्रतियात्रु ३२५ रुपियाँ शुल्क निर्धारण गरेको छ । यसलाई थोरै परिमार्जन गरेर ३५० रुपियाँ बनाउन लागिएको पनि कम्पनीले जनाएको छ । यो केवलकारमा ५ वटा संस्थागतसहित २२७ जना प्रमोटर शेयर सदस्य छन् ।

यो केबलकारको दूरी २ किलोमिटर छ । जसमा २५ वटा गोण्डुला छन् । एउटा गोण्डुलामा ८ जना यात्रु क्षमता छ । बटम स्टेशनबाट टप स्टेशनमा पुग्न ९ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ । अहिले ४८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय