LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक ३०
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित सङ्घीय सरकारले असहयोग गर्दै आएको आरोप लगाउनुभएको हो ।

सङ्घीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिको हतियार बनाउने ध्याउन्नमा असहयोग मात्र गरिरहेको उहाँको आरोप छ । साथै पालिकाको अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गरेको उहाँको भनाइ छ ।

मेयर शाहले आफूहरुले फोहोर व्यवस्थानका लागि धेरै विकल्प तथा नयाँरपुराना प्रविधि हेरेको तर कार्यान्वयनमा लाग्दा अवरोध गर्ने काम भएको गुनासो गर्नुभएको छ । नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा नै दर्ता गरेको र त्यो कम्पनीलाई राज्यले संरक्षण गरेको समेत उहाँको आरोप छ ।

अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच भएपनि आफूहरु नरोकिने मेयर शाहले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय