LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

रुपन्देहीको सैनामैना नगरपालिका १० मा रहेको झिमझिमिया भुल्केपानी सामिदायिक वन उपभोक्ता समुहको २१ औ साधारण सभा झिमझिमिया स्थित सामुदायिक भवनको सभाहलमा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको अवसरमा मन्तब्य राख्दै कार्यक्रममा प्रमुख अतिथी डिभिजन वन कार्यालय रुपन्देहीका सिनियर डिभिजनल वन अधिकृत प्रबिण बिडारीले जति सामुदायिक वन बलियो हुन्छन त्यति डिभिजन वन कार्यालय बलियो हुन्छ भन्दै सामुदायिक वनले गर्ने गर्ने राम्रो कामले राम्रो सन्देश जाने र नराम्रो गर्दा नराम्रो सन्देश जाने भएकोले वन संरक्षण गर्ने बिषयमा सम्बेदनशील हुन आग्रह गर्नुभयो ।

उहाँले वन भनेको देशको सामाजिक आर्थिक क्षेत्रसंग जोडिएको बिषय हो भन्दै वन हाम्रो जीवनसंग समेत जोडिएकोले सवैले मिलेर बन संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले वन विकास, सम्बद्र्धन र प्रवद्र्धनमा सामुदायिक वनले खेल्ने भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यो बनको संरक्षण गर्न उपभोक्ताले खेलेको भूमिका अझै उल्लेखनीय रहेको बताउनुभयो । उहाँले उपभोक्ताकै माया र ममताले यो सामुदायिक वन यहाँसम्म आईपुग्न सफल भएको बताउँदै सामुदायिक वनले यो क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो ।

साधारण सभाको अवसरमा अध्यक्षको मन्तब्य राख्दै झिमझिमिया भुल्केपानी सामिदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुलबहादुर घर्तीले सामुदायिक वनको प्रगति विवरण सार्वजनिक गर्दै आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई सामुदायिक वनले ५० जना घर परिवारलाई पानी र विद्युत महसुलका लागि मासिक एकसयका दरले सहयोग गरेको बताउनुभयो ।

उहाँले उपभोक्तालाई सामाजिक संस्कार कार्यमा निशुल्क ग्याँसको व्यवस्था गर्नुका साथै घाटका लागि निशुल्क दाउरा समेत उपलब्ध गराउँदै आएको बताउनुभयो ।

सामुदायिक वनका अध्यक्ष कुलबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष थर्कबहादुर थापाले गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला थापाले प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जस अनुसार बिमला पुनलाई टोल बिकास संस्थाको तर्फबाट सम्मान गरिएको थियो भने नरेन्द्र बहादुर सोमरेलाई सामुदायिक बनको तर्फबाट सम्मान गरिएको थियो ।

त्यसैगरी काठमाण्डौंमा भएको कोटिहोमको भजन प्रतियोगितामा नेपाल प्रथम हुन सफल राधाकृष्ण भजन समूह सैनामैना १० लाई २० हजार सहित सम्मान गरिएको थियो भने सर्प उद्धारकर्ता सारु कान्छालाई समेत विशेष योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

सोही अवसरमा सामुदायिक वनका कर्मचारीलाई पोसाक बितरण गर्नुका साथै सामुदायिक बनको विकासमा योगदान पुर्याउने ब्यक्तिहरुलाई पनि सम्मान स्वरुप प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । बन डढेलोमा निरन्तर खटिने र्कचारीलाई नगत सहित सम्मान तथा उत्कृष्ट शिक्षिकालाई पनि सम्मान गरिएको थियो । साधारण सभा कार्यक्रमको संचालन सचिव निलकुमारी राटकोटीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय