LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

जनकपुरमा हुने विवाह पञ्चमीमा आउने जन्तीलाई निमन्त्रणा पत्र दिन विश्व हिन्दु परिषदका पदाधिकारीहरु अयोध्या गएका छन् । उनीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या गएका हुन् । राम र सीताको विवाहमा पाँच सय जन्तीलाई निमन्त्रणा दिन गएको टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाई गर्नुभयो ।

मुख्यमन्त्री सिंह पनि भोलि वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह भोलि नै अयोध्या पुग्ने र पर्सि ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्तीका लागि मधेस प्रदेश सरकारले व्यवस्थापन गर्दै आएको छ । यो त्रेता युगदेखि कायम सम्बन्ध भएकोले यसलाई निरन्तरता दिनुपर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।

धार्मिक पर्यटकका लागि पनि यो मत्वपूर्ण बन्ने उहाँले बताउनुभयो । त्यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचिन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय