LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

न्यु होराइजन कलेज ड्राइभरटोल रुपन्देहीले एक समारोहबीच नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले स्वागत गरेका हुन ।

कार्यक्रमको अध्यक्षता कक्षा १२ मा अध्ययनरत छात्रा करीना गिरीले गर्नुभएको थियो । प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन तथा सरस्वतीको तस्वीरमा माल्र्यापण गरी सुरु भएको स्वागत समारोहमा विद्यालयका उपप्राचार्य इन्द्रप्रसाद भुसालले कार्यक्रमको औचित्यमाथि प्रकाश तथा नवआगन्तुक विद्यार्थीलाई शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैगरी विशिष्ठ अतिथिको मन्तव्य राख्दै बुटवल मोडल कलेजका प्राचार्य डा. नेत्रप्रसाद बस्यालले नवआगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिंदै उच्च शैक्षिक सफलता प्राप्तिका लागि निरन्तर रुपमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै होराइजन गौतमबुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र कसजू श्रेष्ठले होराइजन एक किसिमको ब्रान्ड बनिसकेको छ र यो ब्रान्डलाई निरन्तर अगाडि बढाउनका निम्ति विद्यार्थी, प्राध्यापक, कर्मचारीहरू साथै सञ्चालक तथा संस्थापकहरु समेत सदैव चनाखो हुनुपर्ने कुरा बताउनुभयो ।

प्राचार्य गोपालप्रसाद आचार्यले स्वागत मन्तव्य राख्दै लगनशील विद्यार्थी, समर्पित शिक्षक, सचेत अभिभावक, कुशल व्यवस्थापकबाट मात्र राम्रो नतिजा प्राप्त गर्न सकिन्छ भन्दै यसर्थ सबैको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिंनुभयो ।

उहाँले राम्रो जिपिए मात्र ठूलो कुरा नभई जीवनका हरेक पाटाहरुमा अब्बल र उदाहरणीय भूमिका खेल्न सक्नेगरी आफूलाई विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथिको मन्तव्य राख्दै राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख रमाकान्त तिवारीले रुपन्देहीलाई शैक्षिक हबका रुपमा विकास गर्नमा न्यु होराइजन कलेज (होराइजन गौतम बुद्ध मा.वि.) को ठूलो भूमिका रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय