LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिकाले बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा सैनामैना ७ स्थित औद्योगिक ग्राम क्षेत्रको जग्गामा क्रसर राख्न दिने निर्णय गरेकोमा सैनामैनाका राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मालाई बुझाएको ज्ञापनपत्रमा औद्योगिक क्षेत्र निर्माणाधिन रहेको अवस्थामा सोही क्षेत्रमा क्रसर राख्न दिने कार्यपालिकाको निर्णय फिर्ता लिन माग गरिएको छ । ज्ञापनपत्रमा सीमित स्वार्थ समूहको मिलेमतोमा औद्योगिक क्षेत्र बन्दै गरेको अवस्थामा क्रेसर राख्ने तथा ढुंगा, गिट्टी र बालुवा डम्पिङ गर्ने कार्य नीति र विधिभन्दा बाहिर गएर गरिएको निर्णय कुनैपनि अवस्थामा स्वीकार गर्न नसकिने उल्लेख छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा एमाले सैनामैना नगरपालिकाका अध्यक्ष नारायण न्यौपानेले सैनामैना नगरपालिकालाई बुटवल गोरुसिंगे निर्माण आयोजनाबाट आएको पत्र नै शंकास्पद रहेको बताउँदै सार्वजनिक महत्वको बिषयमा निर्णय गर्दा राजनैतिक दलहरुसंग परामर्श नगर्नुका पछि यो समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले यो विवादको बिषय यहाँसम्म आउनु नपर्नेमा औद्योगिक क्षेत्रको जग्गा दिन आयोजना गरिएको छलफल र पत्रमा शंका उत्पन्न भएको बताउनुभयो ।

त्यसैगरी ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा माओवादी सैनामैनाका इञ्चार्ज नारायण महतले सैनामैनाको सार्वजनिक जग्गा दिने कुरामा कार्यपालिकालाई अधिकार नभएको बताउनुभयो । उहाँले सैनामैनाका सवै तह र तप्काको सल्लाह र सुझावलाई मध्यनजर गरेरमात्रै दिनुपर्नेमा नगरपालिकाको कार्यपालिकाको निर्णयको नाममा एकलौटी गर्दा राजनैतिक दलहरुलाई आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना गरिएको उल्लेख गर्नुभयो ।

त्यसैगरी नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनालले औद्योगिक ग्राम निर्माणको चरणमा रहेकोले त्यहाँ क्रसर तथा निर्माण सामाग्री राख्न दिनुहुँदैन भन्दै नगरपालिकाले अन्यत्र व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले यो निर्णयमा नगरपालिकाका प्रम्ुख, उपप्रमुख तथा कार्यकारी अधिकृत कसैको पनि स्वार्थ नरहेको बताउनुभयो । उहाँले यो निर्णयमा स्वार्थ देख्ने हो भने समस्या त्यही उत्पन्न हुने भएकोले स्वार्थको दृष्टिले नहेर्न आग्रह गर्नुभयभो ।

राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले सैनामैना संघर्ष समिति गठन गर्दै समितिमार्फत ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा जे कामको लागि औद्योगिक क्षेत्र निर्माणको काम भैरहेको छ, त्यहाँ त्यहीमात्र राख्नुपर्ने भन्दै उक्त क्षेत्रमा क्रेसर र निर्माण सामाग्रीको डम्पिङ राख्दा त्यस क्षेत्रका स्थानीय बासिन्दा, विद्यालयमा ध्वनी प्रदुषण हुने, बायु प्रदुषण समेत हुने त्यहाँ राख्न नहुने भनिएको छ ।

सैनामैनाका प्रमुख राजनैतिक दलका नेताहरुको समेत हस्ताक्षर रहेको ज्ञापनपत्रमा मागलाई सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । संघर्ष समितिको संयोजकमा ठाकुर प्रसाद पाण्डे, सहसंयोजकमा उमाकान्त घिमिरे, सचिव महेन्द्र कार्की लगायत सदस्यहरु हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय