LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल । प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गरिने भएको छ । ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र आज देशैभरी सार्वजनिक बिदा दिने निर्णय सरकारले को सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। ढुंगानाको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ढुंगानाको पार्थिव शरीर सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली पनि सानो गौचरणमा हुने ढुंगानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन्। स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन्। ढुंगानाको अन्त्येष्टि आजै दिउँसो पशुपति आर्यघाटमा गर्ने तयारी छ।

सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए। उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय